default_image

3 years ago

January 23, 2021

जिदानलाई कोरोना संक्रमण

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिदानलाई शुक्रबार कोरोना पुष्टि भएको क्लबले जनाएको छ । जिदान अघिल्लो साता कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेपनि उनको नेगेटिभ नतिजा आएको थियो । तर, स्पेनिस कोपा डेल रे को अन्तिम ३२ को खेलबाट बाहिरिएको एक दिनपछि उनलाई कोरोना पुष्टि […]

28 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिदानलाई शुक्रबार कोरोना पुष्टि भएको क्लबले जनाएको छ ।

जिदान अघिल्लो साता कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेपनि उनको नेगेटिभ नतिजा आएको थियो । तर, स्पेनिस कोपा डेल रे को अन्तिम ३२ को खेलबाट बाहिरिएको एक दिनपछि उनलाई कोरोना पुष्टि भएको हो ।

यससँगै जिदानले स्पेनिल ला लिगामा एलाभेसविरुद्धको खेल गुमाउने पक्का भएको छ । रियलले शनिबार राति एलाभेससाग प्रतिस्पर्धा गर्दैछ । अब जिदानको स्थानमा सहायक प्रशिक्षक डेभिड बेट्टोनीले रियलको टच लाइनमा रहनेछन् ।

एलाभेसविरुद्धको खेलपछि रियलले लेभान्टे, हुएस्का र गेटाफेसँग प्रतिस्पर्धा गर्दैछ । ला लिगाको प्रोटोकल मान्नुपर्ने भएकाले जिदानले कति खेल गुमाउने हो त्यो भन्न सकिने अवस्था छैन ।

एलाभेसरिुद्धको खेलमा प्रशिक्षक जिदानसँगै कप्तान सर्जियो रामोस, नाचो फर्नान्डेज, ड्यानी कार्भाजल, फेडरिको भाल्भेर्डे, रोड्रिगो र मार्टिन ओडेगार्ड पनि टोलीमा हुनेछैन । नाचो कन्ट्याक्ट ट्रेसिङमा रहँदा चोटका रामोस, कार्भाजल, फेडे र रोड्रिगो टोलीमा छैनन् ।

रियलको टोली
थिवाउट कोर्टुवा, एन्ड्री लुनिन, डिएगो अल्टुव, लुकास भाज्क्वेज, अल्भारो ओर्डिजोला, राफयल भरान, इडर मिलिसाओ, भिक्टर चस्ट, फर्लान्ड मेन्डी, मार्सेलो, क्यासमिरो, टोनी क्रुस, लुकाु मोड्रिच, एन्टेनियो ब्लान्को, इस्को, करिम बेन्जेमा, मार्काे एसेन्सियो, इडेन हाजार्ड, भिनिसियस जुनियर र मारियानो डियाज ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.