default_image

3 years ago

January 23, 2021

सिटीका डि ब्रुयन ६ साता मैदान बाहिर

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयन कम्तीमा ६ साता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ चोटका कारण ब्रुयन कम्तीमा पनि ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ । ब्रुयनले बुधबार राति एस्टन भिल्लामाथि २–० को जित निकालेको खेलमा चोट बोकेका थिए । बिहीबार सिटी स्क्यानको रिपोर्टपछि उनको चोट […]

36 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयन कम्तीमा ६ साता मैदान बाहिर रहने भएका छन् ।

ह्यामस्ट्रिङ चोटका कारण ब्रुयन कम्तीमा पनि ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ । ब्रुयनले बुधबार राति एस्टन भिल्लामाथि २–० को जित निकालेको खेलमा चोट बोकेका थिए ।

बिहीबार सिटी स्क्यानको रिपोर्टपछि उनको चोट गम्भीर रहेको र कम्तीमा पछि ४ देखि ६ साता मैदान बाहिर रहनुपर्ने प्रशिक्षक पेप ग्वार्डिओलाले टिम डक्टरको भनाईलाई उद्दृत गरेका छन् ।

यससँगै ब्रुयनले प्रिमियर लिगमा लिभरपुल, टोटेनहम र आर्सनलविरुद्धको महत्वपुर्ण खेल गुमाउने छन् । मुख्य खेलाडी ब्रुयनले चोट बोकेपछि प्रिमियर लिगको दोस्रो स्थानमा रहेको सिटीलाई दबाब थपिएको छ ।

सिटी शीर्ष स्थानको म्यानचेस्टर युनाईटेड भन्दा २ अंकले पछि छ । युनाइटेडको १९ खेलबाट ४० अंक छ । एक खेल कम खेलेको सिटीको ३८ अंक छ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.