एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राती शीर्षस्थानमा रहेको एसी मिलानले घरेलु मैदानमा एटलान्टाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ ।

एटलान्टालाई हराउँदै मिलान आफ्नो शीर्षता थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । मिलान १८ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । लिग उपाधिको दावेदार मानिएको मिलानले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ ।
मिलानसँग भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच, ब्राहिम डियाज, राफयल लियो, स्यामुइल क्यास्टेलेजो, फ्रान्क केस्सी, सान्ड्रो टोनाली, थियो हर्नान्डेज, सिमोन केजाइर, पिएरे कालुलु, डेभिड कालाब्रिया र गोलरक्षक जियानलुजी डोन्नररुम्माको साथ रहेको छ ।
प्रतिबन्धका कारण एलेसियो रोमागनोली र एलेक्सिस साइइलमेकर्स टोलीमा हुनेछैन । चोटका कारण हकान कलहानोग्लु र इस्माइल बेन्नासर टोलीमा हुनेछैन । यसका बाबजुद टोलीले शीर्षस्थानमा आफ्नो पकड बलियो बनाउन जितको लक्ष्य नै राख्नेछ ।

यता, एटलान्टा पनि घरेलु टोलीलाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । एटलान्टार १८ खेलबाट ३३ अंक जोडेर छैटौ स्थानमा रहेको छ । टोलीसँग डुभान जापटा, जोसिप इलिसि, माटियो पेसिना, रोविन गोसेन्स, मार्टिन डि रुन, हान्स हेटबोइर, राफयल टोलोई र गोलरक्षक पिएरलुइगी गोल्लिनीको साथ रहेको छ ।
गत सिजनको यि दुई टोलीबीचको खेलमा एक खेल एटलान्टाले ५–० ले आफ्नो पक्षमा पार्दा अर्काे खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
अन्य खेल : रोमाविरुद्ध स्पेजिया (राति ७ः४५ बजे), उडिनेसविरुद्धइन्टर मिलान (राति १०ः४५ बजे), फियोरेन्टिनाविरुद्ध क्रोटोन (राति १ः३० बजे)