default_image

3 years ago

January 24, 2021

युस्सेफको ह्याट्रिकमा सेभियाको सहज जित

एजेन्सी – मोरोक्कोन फरवार्ड युस्सेफ इन न्यास्रीको ह्याट्रिक सहयोगमा सेभियाले स्पेििनस ला लिगामा क्याडिजलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा न्यास्रीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थप्द ह्याट्रिक पुरा गरेका थिए । रमन सान्चेज पिजुआनमा घरेलु टोलीले खेलको सुरुवातदेखि नै क्याडिजलाई दवावमा राखेपनि गोलको लागि ३५औं […]

22 views

0 Bookmark

एजेन्सी – मोरोक्कोन फरवार्ड युस्सेफ इन न्यास्रीको ह्याट्रिक सहयोगमा सेभियाले स्पेििनस ला लिगामा क्याडिजलाई ३–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा न्यास्रीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थप्द ह्याट्रिक पुरा गरेका थिए । रमन सान्चेज पिजुआनमा घरेलु टोलीले खेलको सुरुवातदेखि नै क्याडिजलाई दवावमा राखेपनि गोलको लागि ३५औं मिनेट कुर्नुपरेको थियो ।

३५औं मिनेटमा युस्सेपले गोल गर्दै सेभियालाई १–० ले अघि बढाए । ३९औं मिनेटमा सुसोको पासमा न्यास्रीले व्यक्तिगत दोस्रो गोल गरपछि सेभियाले पहिलो हाफमा २–० को अग्रता बनायो । ६२औं मिनेटमा न्यास्रीले ह्याट्रिक पुरा गर्दै टोल्ीलाई ३–० को सहज जित दिलाए ।

यस जितसँगै सेभिया १९ खेलबाट ३६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३४ अंक छ । शीर्षस्थानको एटल्टिको म्याड्रिडको ४४ तथा दोस्रो स्थानको रियल म्याड्रिडको ४० अंक छ । पराजित क्याडिज २४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.