default_image

3 years ago

January 24, 2021

शीर्षस्थानको एट्लेटिको र भ्यालेन्सिया भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले भ्यालेन्सियाको सामना गर्दैछ । खेल एट्लेटिकोको मैदानमा नेपाली समयअनुरा राति १ः४५ बजे हुनेछ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा हुने खेलमा एट्लेटिको भ्यालेन्सियामाथि जित निकाल्दै शीर्षस्थानमा आफ्नो अग्रता थप मजवुत बनाउन लक्ष्यमा हुनेछ । एट्लेटिको १७ खेलबाट ४४ अंक जोडेर शीर्षस्थानमा छ । दुई खेल बढी खेलको […]

187 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले भ्यालेन्सियाको सामना गर्दैछ । खेल एट्लेटिकोको मैदानमा नेपाली समयअनुरा राति १ः४५ बजे हुनेछ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा हुने खेलमा एट्लेटिको भ्यालेन्सियामाथि जित निकाल्दै शीर्षस्थानमा आफ्नो अग्रता थप मजवुत बनाउन लक्ष्यमा हुनेछ । एट्लेटिको १७ खेलबाट ४४ अंक जोडेर शीर्षस्थानमा छ ।

दुई खेल बढी खेलको शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडको ४० अंक छ । एट्लेटिको रियलभन्दा ४ अंकले अघि छ ।भ्यालेन्सियालाई हराउन सके एट्लेटिकोले रियलविरुद्ध स्पष्ट ७ अंकको अग्रता लिनेछ । टोलीसँग अझै एक खेल हात रहेको छ ।

टोलीसँग लुइस सुआरेज, जोआओ फेलिक्स, थोमस लेमार, यान्निक कारास्को, मार्काेस लोरेन्टे, कोकी, फिलिपे, जोस जिमिनेज, स्टेफन साभिक, एन्जल कोरेया, सउल निग्वेज, सिमे भर्साल्जको र गोलरक्षक जान ओब्लाकको साथ रहेको छ ।

भ्यालेन्सिया पनि एट्लेटिकोलाई हराउदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । यो सिजन औसतको प्रदर्शन गरिरहेको भ्यालेन्सिया १९ खेलबाट २० अंक जोडेर १४औं स्थानमा रहेको छ ।टोलीसँग म्याक्सिमिलियानो गोमेज, काङ इन लि, गोन्कालो गुइडेज, कार्लाेस सोलेर, युरोस रासिस, युनुस मुसाह, जोस गाया र गोलरक्षक जोउमे रहेका छन् ।

यी दुई टोलीबीचको २५ खेलको नतिजामा एट्लेटिको १२ खेलमा विजयी भएको छ । भ्यालेन्सियाले ४ खेल आफ्नो पक्षमा पार्दा ९ खेल बराबरीमा सकिएको छ । एट्लेटिको भ्यालेन्सियासँग ४ अक्टोवर २०१४ मा ३–१ ले पराजित भएयता, १२ खेलमा अपराजित रहेको छ । जसमा ७ जित र ५ बराबरीको नतिजा निकालेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.