default_image

3 years ago

January 24, 2021

आर्मीको जितमा विमलाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबले जारी राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गराएको छ । विदेश खेलाडी उतारेको वालिङ नगरपालिकालाई ७–० ले हराउँदै आर्मीले दोस्रो खेलमा पहिलो जित निकालेको हो । आर्मीले पहिलो खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा आर्मीको […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबले जारी राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गराएको छ । विदेश खेलाडी उतारेको वालिङ नगरपालिकालाई ७–० ले हराउँदै आर्मीले दोस्रो खेलमा पहिलो जित निकालेको हो ।

आर्मीले पहिलो खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक पूरा गरिन् भने दिपा राई, शर्मिला थापा, हेमा चौधरी र भुजना राईले समान १ गोल गरे ।

१४औं विमला गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । शर्मिलाको फ्लिक हेडरलाई विमलाले वान टचमा जाली चुमाएकी थिइन् । २१ औं मिनेटमा मेथो एलुड रुथले कप्तान कविता धिमालबाट बल खोस्दै गरेको प्रहार बाहिरिदा वालिङ बराबरीबाट चुक्यो ।

२८औं मिनेटमा दिपाले गोल गर्दै आर्मीको गोलअन्तरलाई दोब्बर पारिन् । रश्मी कुमारी घिसिङको क्रसमा सपना लामाले मिलाइदिएको पासलाई दिपाले बल अघि बढाउदै गोल गरेकी थिइन् । पहिलो हाफको अन्तिम मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाइन् । विमलाको प्रहारलाई गोलरक्षक सावित्री किसानले नियन्त्रणमा लिन नसकेको त्यसमा शर्मिलाले गोल गरेकी हुन् ।

६६औं मिनेटमा कियोमेग्नी जोमो भेनेसा नोएलेले क्लियर गर्न नसकेको बललाई विमलाले भलीमार्फत उत्कृष्ट गोल गरिन् । ७५औं मिनेटमा अर्को गोल थर्दै विमलाले ह्याट्रिक पूरा गरिन् । शर्मिलको प्रहारलाई गोलरक्षक सावित्री किसानले बचाएपनि रिवाउन्डमा विमलाले सहज गोल गरिन् ।

जारी लिगमा ह्याट्रिक गर्ने विमला दोस्रो खेलाडी हुन् । यसअघि नेपाल एपिएफ क्लबकी सावित्रा भण्डारी सम्बाले ह्याट्रिक पूरा गरेकी थिइन् । खेल सकिन २ मिनेट बाँकी रहँदा हेमाले गोल गर्दै आर्मीको गोलअन्तरलाई बढाइन् । इन्ज्युरी समयको दोेस्रो मिनेटमा भुजनाले गोल गरेपछि आर्मीको गोल अन्तर अझै थप भएको थियो ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.