default_image

3 years ago

January 24, 2021

सावित्राको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं (हाम्रो खेलकुद)- सावित्रा भण्डारी साम्बाले ४ गोल गरेपछि नेपाल एपीएफ क्लबले महिला लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा भएको आइतबारको दोस्रो खेलमा एपिएफले विराटनगर नगरपालिकालाई ७–० को फराकिलो अन्तरले हराएको छ । शतप्रतिशत नतिजा निकालेको एपिएफको ६ अंक छ। खेलको प्लेयर अफ दि म्याच सरु लिम्बु बनिन्। पहिलो हाफमा […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सावित्रा भण्डारी साम्बाले ४ गोल गरेपछि नेपाल एपीएफ क्लबले महिला लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा भएको आइतबारको दोस्रो खेलमा एपिएफले विराटनगर नगरपालिकालाई ७–० को फराकिलो अन्तरले हराएको छ । शतप्रतिशत नतिजा निकालेको एपिएफको ६ अंक छ। खेलको प्लेयर अफ दि म्याच सरु लिम्बु बनिन्।

पहिलो हाफमा ४–० को अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप ३ गोल थप्यो । सवित्राले खेलको २५,४२, ७४ र ८९ औं मिनेटमा गोल गरिन्। अनिता केसीले २ तथा सरु लिम्बुले एक् गोल गरिन्।

एपीएफले खेलको नवौ मिनेटमा अनिताको गोलमा अग्रता बनाएको थियो। २५ औं मिनेटमा सावित्राले टोलीका लागि दोस्रो गोल गरिन्। ३८ औं मिनेटमा अञ्जली योञ्जनको प्रहार गोलरक्षकले बचाउ गरिन्। ४२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। उनले प्रिति राईको पासमा बललाई जाली चुमाएकी थिईन्।

७२ औं मिनेटमा सरुले गोल गर्दै अग्रता फरकिलो पारिन्। त्यसको २ मिनेटपछि सावित्राले गोल गर्दै ह्याट्रिक पुरा गरिन्। सावित्राले अघिल्लो खेलमा पनि ह्याट्रिक गरेकी थिइन् । २ खेलमा उनको ७ गोल पुगेको छ । दोस्रो हाफको ३५ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरिन्।

एपिएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई ६–० अन्तरले पाखा लगाएको थियो। विराटनगरले पहिलो खेल वालिङसँग एक एक गोलको बराबरी खेलेको थियो।

त्यसअघि पहिलो खेलमा अर्को विभागिय टोली त्रिभुवन फुटबल क्लबले ७-० ले हराएको थियो । दोस्रो खेलमा आर्मीको त्यो पहिलो जित थियो । लिगमा मंगलबार एक खेलमा चौदन्डीगढी नगरपालिका, उदयपुर र चन्द्रपुर नगरपालिका रौतहट भिड्नेछन्।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.