default_image

3 years ago

January 24, 2021

युभेन्टसले बोलोग्नालाई हरायो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ । घरेलु मैदानमा आइतबार साँझ भएको खेलमा युभेन्टसले बोलोग्नामाथि २–० को सहज जित हात पारेको हो । युभेन्टसको जितमा अर्थर र वेस्टन म्याकिन्नीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो । खेलको १५औं मिनेटमा अर्थरले क्रिस्टियानो रोनाल्डोको पासमा गोल […]

25 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ । घरेलु मैदानमा आइतबार साँझ भएको खेलमा युभेन्टसले बोलोग्नामाथि २–० को सहज जित हात पारेको हो ।

युभेन्टसको जितमा अर्थर र वेस्टन म्याकिन्नीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल भएको थियो । खेलको १५औं मिनेटमा अर्थरले क्रिस्टियानो रोनाल्डोको पासमा गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाएका थिए ।

२८औं मिनेटमा बोलोग्नाका गोलरक्षक लुकास्जले रोनाल्डो र बर्नरडेस्चीको प्रहारलाई दोहोरो बचाउ गर्दा युभेन्टस अग्रता दोब्बर पार्नबाट चुक्यो । ४८औं मिनेटमा युभेन्टसका गोलरक्षक वजसिएच सेजेस्नीले जुआन कोर्डाडोबाट आत्मघाती हुन लागेको गोललाई उत्कृष्ट बचाउ गर्दै बराबरी टारे ।

५६औं मिनेटमा ओर्साेलिनीको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा बोलोग्ना बराबरीबाट चुक्यो ।
७१औं मिनेटमा वेस्टन म्याकिन्नीले जुआन कोर्डाडोको पासमा गोल गर्दै युभेन्टसलाई २–० को जित दिलाए । ८२औं मिनेटमा रोनाल्डोले गोल गर्न सकेनन् ।

जितसँगै युभेन्टस १८ खेलबाट ३६ अंक जोडेरचौथो स्थानमा उक्लिएको छ । युभेन्टस शीर्षस्थानको एसी मिलानसँग ७ अंक तथा दोस्रो स्थानको इन्टर मिलानसँग ५ अंकले पछि छ । पराजित बोलोग्ना २० अंक जोडेर १३औं स्थानमा छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.