default_image

3 years ago

January 24, 2021

ट्याम्मीको ह्याट्रिकमा चेल्सी प्रि–क्वाटरफाइनलमा

एजेन्सी – ट्याम्मी अब्राहमको ह्याट्रिक मद्दतमा प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियनसिप क्लब लुटोन टाउनमाथि ३–१ को जित दर्ता गर्दे एफए कपको प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा लुटोनका जोर्डन क्लार्कले गरेको गोल सान्त्वना बन्यो । खेलको ११औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । नले टिमो […]

33 views

0 Bookmark

एजेन्सी – ट्याम्मी अब्राहमको ह्याट्रिक मद्दतमा प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियनसिप क्लब लुटोन टाउनमाथि ३–१ को जित दर्ता गर्दे एफए कपको प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ ।

स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा लुटोनका जोर्डन क्लार्कले गरेको गोल सान्त्वना बन्यो । खेलको ११औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए ।

नले टिमो वेर्नरको पासमा गोल गर्न सफल भएका थिए । १७औं मिनेटमा ट्याम्मीले रिस जेम्सको पासमा व्यक्तिगत दोस्रो गोल गर्दे चेल्सीको अग्रता दोब्बर पारे ।

३०औं मिनेटमा जोर्डन क्लार्कले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ७४औं मिनेटमा ट्याम्मीले ह्याट्रिक पुरा गरेपछि चेल्सीले खेलमा ३–१ को अग्रता लियो । ८६औं मिनेटमा टिमो वेर्नर पेनाल्टीमा चुके ।

अब चेल्सीले प्रि–क्वाटरफाइनलमा ब्रान्सलेको सामना गर्नेछ । नर्विच सिटीलाई १–० ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको थियो । प्रि–क्वाटरफाइनलका खेलहरु ११ फेब्रुअरीमा हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.