default_image

3 years ago

January 25, 2021

मधेसा इनरुवा फुटबलको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मधेसा युवा क्लब सुनसरीको इनरुवा नाइन ए साइड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । दुहबी स्पोर्टस् क्लबलाई आइतबार ५–१ ले हराउँदै मधेसा अन्तिम आठमा पुगेको हो । मधेसाका लागि सन्तोषले ४ गोल र अर्को गोल पुजन राईले गोल गरेका थिए । सन्तोषले चौथो मिनेटमा गोल गर्दै मधेसालाई अग्रता दिलाएको खेलमा […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मधेसा युवा क्लब सुनसरीको इनरुवा नाइन ए साइड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । दुहबी स्पोर्टस् क्लबलाई आइतबार ५–१ ले हराउँदै मधेसा अन्तिम आठमा पुगेको हो ।

मधेसाका लागि सन्तोषले ४ गोल र अर्को गोल पुजन राईले गोल गरेका थिए । सन्तोषले चौथो मिनेटमा गोल गर्दै मधेसालाई अग्रता दिलाएको खेलमा पुजनले २३ औं मिनेटमा गोल थपेका थिए ।

दुहबीका लागि ३७ औं मिनेटमा समित चौधरीले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, दोस्रो हाफमा एक मिनेटको फरकमा दुई गोल गर्दै सन्तोषले ह्याट्रिक पूरा गर्दै टोलीलाई थप मजबुद गराए ।

५३ औं र ५४ औं मिनेटमा गोल गरेका सन्तोषले अर्को गोल ५७ औं मिनेटमा गरे । म्यान अफ दी म्याच समेत बनेका सन्तोषलाई सुनसरी फुटबल संघका उपाध्यक्ष हिमाल थापाले १ हजार रुपैयाँ हस्तान्तरण गरे ।

इनरुवा फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा सोमबार अन्तिम प्रि क्वार्टरफाइनलमा आयोजक टोली र इटहरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.