च्याम्पियन्स लिग अन्तर्गतको समुह ‘सि’ को खेलमा बार्सिलोनाले कम ब्याक गर्दै मोन्चेनग्लाबक बिरुद्ध जित हासिल गरेको छ ।
बोरुसिया पार्कमा भएको खेलमा घरेलु टोली मोन्चेनग्लाबकले इडेन हाजर्डको भाई थोर्गन हाजर्डको गोलबाट अग्रता लिएको थियो ।
हाजर्डको गोलबाट पहिलो हाल्फमा पछी परेको बार्सिलोनाले टुरानको ६५ मिनेटको गोल बाट बराबरी गर्न सफल भयो । त्यस्तै जेराड पिकेको गोल बाट ७४ मिनेटमा अग्रता लिन सफल बार्सिलोनकोलाही सोही गोल निर्णायक भयो ।
त्यस्तै समुहको अर्को खेलमा सेल्टिकले खेलमा तीन पटक अग्रता गुमाउदा म्यान्चेस्टर सिटी सङ ३-३ को बराबरी खेल्दै अंक बाड्यो ।
समुह ‘ए’ मा आर्सनलले थियो वाल्कटको दुइ पहिलो हाल्फको गोलले बासेल सङ २-० को जित हात पार्न सफल भयो । समुह ‘ए’ को अर्को खेलमा पिएसजिले लुडोगुरेट्स सङ ३-१ को जित हात पार्यो । पिएसजिको जितमा काभानिले दुइ गोल गरे ।