default_image

3 years ago

January 25, 2021

क्लब च्याम्पियनसिप यसै महिनाको अन्त्यमा

विजय नेपाली, पोखरा घरेलु भलिबलका चर्चित क्लबको सहभागितामा टाइगर ग्रुप अफ पोखराले यसै महिनाको अन्त्यमा राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । माघ २७ गते देखि फागुन १ गते सम्म पोखरा रंगशालाको भलिबल कोर्टमा च्याम्पियनसिप सञ्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताए । […]

39 views

0 Bookmark

विजय नेपाली, पोखरा

घरेलु भलिबलका चर्चित क्लबको सहभागितामा टाइगर ग्रुप अफ पोखराले यसै महिनाको अन्त्यमा राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

माघ २७ गते देखि फागुन १ गते सम्म पोखरा रंगशालाको भलिबल कोर्टमा च्याम्पियनसिप सञ्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।

राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा महिलातर्फ ४ र पुरुष तर्फ ४ टोलीको सहभागिता रहने बताइएको छ । तीन विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबले दुवैतर्फ प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिलातर्फ न्यू डायमण्ड क्लब र पुरुषतर्फ भने गण्डकी प्रदेश चौथो टोलीका रुपमा रहनेछन् ।

राउन्ड रोविनपछि समूहका शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताको दुवै तर्फको विजेताले समान एक लाख ५० हजार, दोस्रो हुने टोलीले ७५ हजार तथा तेस्रोले ३५ र चौथो टोलीले १५ हजार रुपैयाँ रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलले खेलाडीले २० हजार तथा विधागत उत्कृष्ट सर्भर, सेटर , ब्लकर , डिफेन्डर र स्पाइकरले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हाम्रो खेलकुद डट कमले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।

नेपाल भलिबल संघको समन्वय रहने प्रतियोगिताको व्यवस्थापन पश्चिमाञ्चल भलिबल संघले, संयोजन राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ । पोखरा नगरपालिका विशेष सहयोगी रहने प्रतियोगितालाई सफल दुध सहयोगीका रुपमा रहने बताइएको छ ।

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

Success

Thank you for your time.