default_image

3 years ago

January 25, 2021

चेल्सीका प्रशिक्षक लाम्पार्ड बर्खास्त

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्नो मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । चेल्सीले एफए कपको चौथो राउन्डमा लुटोनमाथि ३–१ को जित निकालेको भोलिपल्टै लाम्पार्डलाई बर्खास्त गरेको हो । क्लबले खराब प्रदर्शनलाई निरन्तरता दिएपछि क्लब उनलाई बर्खास्त गर्ने निर्णयमा पुग्यो । ४२ वर्षीय लाम्पार्डले चेल्सीमा प्रशिक्षकको रुपमा १८ महिना बिताए । यसक्रममा […]

84 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्नो मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ ।

चेल्सीले एफए कपको चौथो राउन्डमा लुटोनमाथि ३–१ को जित निकालेको भोलिपल्टै लाम्पार्डलाई बर्खास्त गरेको हो । क्लबले खराब प्रदर्शनलाई निरन्तरता दिएपछि क्लब उनलाई बर्खास्त गर्ने निर्णयमा पुग्यो ।

४२ वर्षीय लाम्पार्डले चेल्सीमा प्रशिक्षकको रुपमा १८ महिना बिताए । यसक्रममा लाम्पार्डको प्रशिक्षणमा चेल्सीले ८४ खेल खेल्दा ४४ जित, १७ बराबरी र २३ हारको नतिजा निकालेको थियो ।

अघिल्लो सिजनको उनको प्रशिक्षणमा चेल्सीले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान पक्का गराएपनि यो सिजन चेल्सीको प्रदर्शन बिर्सनलायक बनेको छ । सोही कारण क्लबले उनलाई बर्खास्त गरेको हो ।

चेल्सी यो सिजन २९ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । चेल्सी तथा इंग्ल्यान्डका पुर्व मिडफिल्डर लाम्पार्ड च्याम्पियनसिप क्लब डर्बी काउन्टिको बसाईं बिट मार्दै ४ जुलाई २०१९ मा ३ वर्षको लागि लन्डन क्लब चेल्सीको मुख्य प्रशिक्षक बनेका थिए ।

खेलाडीको रुपमा लाम्पार्डले चेल्सीमा १३ वर्ष बिताउँदा ११ मुख्य उपाधि जितेका थिए । उनले चेल्सीबाट २००१ देखि २०१४ को सिजनसम्म ६४८ खेलमा २११ गोल गरेका थिए । प्रशिक्षकको रुपमा उनी उपाधिविहीन बने ।

चेल्सीले लाम्पार्डको स्थानमा थोमस टुचेललाई ल्याउने तयारी गरेको बताइएको छ । टुचेल अघिल्लो महिना फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बर्खास्तीमा परेका थिए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.