काठमाडौं (हाम्रो खेलकुद) – इटहरी युथ क्लब सुनसरीमा जारी इनरुवा नकआउट नाइन ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आयोजक इनरुवा फुटबल क्लबलाई १–० ले हराउँदै इटहरीले अन्तिम आठको यात्रा तय गरेको हो । विमल मगरले गरेको गोल खेलको निर्णय बनेको थियो । विमलले ६२ औं मिनेटमा गोल गरेका थिए ।
विमलनै खेलको म्यान अफ दी म्याच घोषि भए । उनलाई सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केवश कार्कीले १ हजार रुपैयाँ हस्तान्तरण गरे । प्रतियोगितामा मंगलबार विराटनगर स्पोर्टस एकेडेमी र डियर क्लब तहरहाबीच प्रतिस्पर्धा हुनेछ ।