default_image

3 years ago

January 26, 2021

टोटेनहम एफए कपको पाँचौ चरणमा

एजेन्सी – प्रिमियर लिग क्लब टोटेनह हस्टपर एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । च्याम्पियनसिप क्लब वेकम्व वान्डरर्समाथि ४–१ को पूनरागमन जित निकाल्दै टोटेनहमले प्रि–क्वाटरफाइनल यात्रा तय गरेको हो । टोटेनहमको जितमा टांगी एनडोम्वेलेले दुई तथा ग्यारेथ बेल र ह्यारी विङ्सले समान एक गोल गरे । वेकम्वका फ्रेड वनीडिन्माले गरेको गोल सान्त्वना बन्यो । […]

26 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब टोटेनह हस्टपर एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । च्याम्पियनसिप क्लब वेकम्व वान्डरर्समाथि ४–१ को पूनरागमन जित निकाल्दै टोटेनहमले प्रि–क्वाटरफाइनल यात्रा तय गरेको हो ।

टोटेनहमको जितमा टांगी एनडोम्वेलेले दुई तथा ग्यारेथ बेल र ह्यारी विङ्सले समान एक गोल गरे । वेकम्वका फ्रेड वनीडिन्माले गरेको गोल सान्त्वना बन्यो । घरेलु मैदानमा फ्रेड वनीडिन्माको गोलमा वेकम्वका अग्रता लिएको थियो ।

४५औं मिनेटमा ग्यारेथ बेलले लुकास मोउराको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेल सकिन ५ मिनेट बाँकी रहँदा तीन गोल गर्दै टोटेनहमले फराकिलो जित निकाल्न सफल भयो । ८६औं मिनेटमा ह्यारी विङ्सले गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए ।

त्यसको एक मिनेटपछि नै टांगी एनडोम्वेले ह्युङ मिन सनको पासमा गोल गर्दै टोटेनहमलाई जिततर्फ अघि बढाए । ९०औं मिनेटमा टांगी एनडोम्वेले पिएरे इमिल होब्जजर्गको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ को फराकिलो जित दिलाए ।

अब टोटेनहमले क्वाटरफाइनल प्रवेशका लागि एभर्टनको सामना गर्नेछ । एभर्टनले सेफिल्ड वेनस्डेमाथि ३–० को जित निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थन बनाएको थियो । क्वाटरफाइनलका खेलहरु ११ फेब्रुअरीमा हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.