default_image

3 years ago

January 26, 2021

बिल्वाओको पूनरागमन जितमा गार्सियाको दुई गोल

एजेन्सी – स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओले गेटाफेमाथि ५–१ को सानदार पूनरागमन जित हात पारेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा बिल्वाओले सानदार जित हात पारेको हो । बिल्वाओको जितमा राहुल गार्सियाले दुई तथा यारे अल्भारेज, एलेक्स बेरेनगुएर र ओस्कर डि मार्काेसले गोल गरे । गेटाफेका मार्क कुकुरेल्लाको गोल सान्त्वना बन्यो । […]

49 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओले गेटाफेमाथि ५–१ को सानदार पूनरागमन जित हात पारेको छ ।

घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा बिल्वाओले सानदार जित हात पारेको हो । बिल्वाओको जितमा राहुल गार्सियाले दुई तथा यारे अल्भारेज, एलेक्स बेरेनगुएर र ओस्कर डि मार्काेसले गोल गरे । गेटाफेका मार्क कुकुरेल्लाको गोल सान्त्वना बन्यो ।

बिल्वाओमा सोमबार राति भएको खेलमा गेटाफेले घरेलु टोलीविरुद्ध खेलको पहिलो मिनेटमा नै अग्रता लिएको थियो । उनले कार्लेस एलेनाको पासमा गोल गरेका थिए । तर बिल्वाओको त्यो अग्रता लामो समय टिकेन । १२औं मिनेटमा राहुल गार्सियाले इकर मुनिएनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

२९औं मिनेटमा जेमी माटा पेनाल्टीमा चुक्दा गेटाफेले खेलमा अग्रता लिन सकेन । ५०औं मिनेटमा यारे अल्भारेजले गोल गर्दै बिल्वाओलाई खेलमा २–१ को अग्रता दिलाए । उनले पन इकर मुनिएनको पासमा गोल गर्न सफल भएका थिए ।

६१औं मिनेटमा राहुल गार्सियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बिल्वाओले खेलमा ३–१ को आरामदायी अग्रता लिन सफल भयो । ७५औं मिनेटमा इनाकी विलियम्सको पासमा एलेक्सले गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८२औं मिनेटमा ओस्कार डि मार्काेसले गोल गर्दै टोलीलाई ५–१ को सानदार जित दिलाए ।

यस जितसँगै बिल्वाओ १९ खेलबाट २४ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित गेटाफे २३ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.