default_image

3 years ago

January 26, 2021

‘मेस्सी नखेल्दा बार्सिलोना जितिरहेको छ’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले प्रतिबन्धका कारण पछिल्लो दुई खेल गुमाए । स्पेनिस सुपर कप फाइनलमा एथ्लेटिक बिल्बाओविरुद्ध रातो कार्ड खाएपछि मेस्सी मैदानबाहिर रहनुपरेको थियो । अर्जेन्टिनाका पूर्व गोलरक्षक ह्युगो गाती मेस्सीको आलोचक मध्यम गनिन्छन् । उनी मेस्सीलाई राम्रो खेलाडी भएपनि विश्वकै सर्वश्रेष्ठ मान्न भने तयार छैनन् । अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि […]

37 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले प्रतिबन्धका कारण पछिल्लो दुई खेल गुमाए । स्पेनिस सुपर कप फाइनलमा एथ्लेटिक बिल्बाओविरुद्ध रातो कार्ड खाएपछि मेस्सी मैदानबाहिर रहनुपरेको थियो ।

अर्जेन्टिनाका पूर्व गोलरक्षक ह्युगो गाती मेस्सीको आलोचक मध्यम गनिन्छन् । उनी मेस्सीलाई राम्रो खेलाडी भएपनि विश्वकै सर्वश्रेष्ठ मान्न भने तयार छैनन् । अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि सफलता हासिल नगरेका कारण पनि मेस्सीसँग उनी सन्तुष्ट छैनन् । यसबीचमा गातीले मेस्सी र बार्सिलोनालाई जोडेर अर्को टिप्पणी गरेका छन् ।

गातीका अनुसार बार्सिलोनाले मेस्सी नहुँदा पनि बार्सिलोना जितिरहेको बताएका छन् । ‘जब मेस्सी खेल्दैनन्, बार्सिलोनाले जित हासिल गरेको छ । मेस्सी नहुँदा टोलीले आफ्नो अन्य शक्तिमा ध्यान दिइरहेको छ । त्यसैले जित हासिल गर्छ,’ उनले भने,’ फुटबल भनेको राम्रो खेल्ने र जित्ने हो । मेस्सीमै आधारित भएर खेल्दा जित पक्का हुँदैन ।’

मेस्सी बिना बार्सिलोनाले कोपा डेल रेमा कोर्नेलालाई २-० तथा एल्चेलाई पनि समान स्कोरले पराजित गर्यो । अब मेस्सी कोपा डेल रे को राउण्ड अफ ३२ अन्तर्गत बुधबार राती रायो भालेकानोविरुद्ध खेल्ने सम्भावना छ । त्यसपछि टोलीले आइतबार लिगमा एथ्लेटिक क्लबसँग खेल्नेछ ।

March 29, 2024

विराट गोल्डकप – एनआरटी क्वाटरफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डे«गानसँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड […]

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

Success

Thank you for your time.