default_image

3 years ago

January 26, 2021

आर्मीलाई हराउँदै एपिएफ शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबमाथि जित हासिल गर्दै नेपाल एपिएफ क्लब राष्ट्रिय महिला लिगको शीर्षस्थानमा ४ अंकको अग्रता बनाउन सफल भएको छ । पहिलो हाफमा २ गोलको मदतले एपिएफ २-० ले विजयी भएको हो । खेलको पाँचौ मिनेटमा अनिता केसीको पेनाल्टी बक्सबाहिरको प्रहारलाई आर्मीकी गोलरक्षक अन्जना रानामगरले दोस्रो प्रयासमा बचाईन् । १५औं […]

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबमाथि जित हासिल गर्दै नेपाल एपिएफ क्लब राष्ट्रिय महिला लिगको शीर्षस्थानमा ४ अंकको अग्रता बनाउन सफल भएको छ । पहिलो हाफमा २ गोलको मदतले एपिएफ २-० ले विजयी भएको हो ।

खेलको पाँचौ मिनेटमा अनिता केसीको पेनाल्टी बक्सबाहिरको प्रहारलाई आर्मीकी गोलरक्षक अन्जना रानामगरले दोस्रो प्रयासमा बचाईन् । १५औं मिनेटमा सपना लामाको हेडर बाहिरिदा आर्मी अग्रता लिनबाट चुक्यो । २१औं मिनेटमा सावित्रा भण्डारीको प्रहारलाई आर्मीकी गोलरक्षक अन्जना रानामगरले सहजै बचाईन् ।

२७औं अन्जली योन्जनले गोल गर्दै एपिएफलाई १-० को अग्रता दिलाईन् । उनले सावित्राले मिलाईदिएको पासलाई डिबक्सभित्रबाट दोस्रो बारमा गोल गर्दा अन्जनाले रोक्ने कुनै अवसर नै पाइनन् ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । सावित्राको पासमा सरुले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गरिन् । पहिलो हाफमा केहि फितलो देखिएको आर्मीले दोस्रो हाफमा प्रदर्शन सुधार गरेपनि खेलमा फर्कन सकेन ।

७५औं मिनेटमा सपना लामाको पासमा रश्मि घिसिङको प्रहारलाई एपिएफकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले बचाउदा आर्मीले गोलअन्तर कम गर्न सकेन । दोस्रो हाफमा बल पोसेसनमा जोड दिएको एपिएफले आफ्नो अग्रता जोगाउन ध्यान दिएको थियो ।

एपिएफले ३ खेलमा लगातार तीन जितसहित ९ अंक जोडेको छ । आर्मीको भने ३ खेलमा १ जित, १ बराबरी र १ हारसँगै ४ अंक रहेको छ । दोस्रो स्थानको पुलिसले भने २ बराबरी र १ जितसँगै ५ अंक जोडेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.