एजेन्सी – कोपा इटालियाको क्वाटरफाइनलमा आज राति शहरी प्रतिद्वन्द्वी इन्टर मिलान र एसी मिलानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजे मिलानोमा हुनेछ ।

इन्टर मिलान सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानलाई हराउदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । टोलीसँग रोमेलु लुकाकु, लोउटारो मार्टिनेज, एस्ले योङ, आर्टुरो भिडाल, मार्सेलो ब्रोजोभिक, निकोलो बरेल्ला, अचरफ हाकिमी, एलेसान्द्रो बास्टोनी, स्टेफन डि भिरिज र गोलरक्षक समिर हान्डानोभिकको साथ रहेको छ ।
यता मिलान पनि इन्टरलाई हराउदै अघिल्लो चरणको यात्रा तय गर्न चहान्छ । टोलीसँग भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच, राफयल लियो, स्यामुइल क्यास्टिलेजो, फ्रान्क केस्सी, सान्द्रो टोनाली, थियो हर्नान्डेज र गोलरक्षक जियानलुजी डोन्नररुम्मा रहेको छ ।
यि दुई टोलीबीचको पछिल्लो २७ खेलका नतिजामा ११ खेल इन्टर मिलानले आफ्नो पक्षमा पार्दा १० खेल मिलानले जितेको छ । ६ खेल बराबरीमा सकिएको छ । गत सिजनको दुई खेलमा दुवै टोलीले समान एक–एक खेल जितेका कारण मंगलबार रातिको खेल पनि निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।