default_image

3 years ago

January 27, 2021

मिलानमाथि इन्टर मिलानको जित

एजेन्सी – शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । इन्टरले १० खेलाडीमा समेटिएको मिलानमाथि २–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । इन्टरको जितमा रोमेलु लुकाकु र क्रिस्टियन इरिक्सनले गोल गर्दै ज्लाटन इब्राहिमोभिचको गोल सान्त्वना बन्यो । मिलानोमा मंगलबार राति भएको खेलमा मिलानले […]

40 views

0 Bookmark

एजेन्सी – शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इन्टरले १० खेलाडीमा समेटिएको मिलानमाथि २–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । इन्टरको जितमा रोमेलु लुकाकु र क्रिस्टियन इरिक्सनले गोल गर्दै ज्लाटन इब्राहिमोभिचको गोल सान्त्वना बन्यो ।

मिलानोमा मंगलबार राति भएको खेलमा मिलानले खेलको ३१औं मिनेटमा ज्लाटनको गोलबाट अग्रता लिएको थियो । तर मिलानले उक्त अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ५७औं मिनेटमा गोलकर्ता ज्लाटन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि मिलान समस्यामा परेको थियो ।

मिलान १० खेलाडीमा समेटिएको फाइनल इन्टरले उठाउन सफल भयो ।कोलारोभमाथि फल गरेपछि रेफ्रीले ज्लाटनलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । ७१औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पेनाल्टी बक्समा राफयल लियोले निकोलो बरेल्लालाई फल गरेपछि प्राप्त पेनाल्टीमा लुकाकु चुकेनन् । ९०औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै इन्टरलाई २–१ को जित दिलाउदै अन्तिम चारको यात्रा तय गराए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.