एजेन्सी – फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको एक दिनपछि इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पुर्व प्रशिक्षक थोमस टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

चेल्सीले टुचेललाई सम्झौता बढाउने विकल्पसहित तत्कालका लागि १८ महिनाको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जर्मन प्रशिक्षक टुचेल सन् २००३ पछि चेल्सीको प्रशिक्षक हुने ११औं प्रशिक्षक हुन् ।
मुख्य प्रशिक्षक नियुक्त भएपछि टुचेलले नयाँ टिमसँग काम गर्न निकै उत्साहित भएको बताएका छन् । म नयाँ टिमसँग भेट्न निकै आतुर छु । प्रतिस्पर्धात्मक लिगका लागि उत्साहित छु । चेल्सी परिवारको सदस्य हुन् पाउँदा आभारी छु ।’ ४७ वर्षीय टुचेलले भने ।
जर्मन प्रशिक्षक टुचेलले पीएसजीलाई दुई पटक फ्रेन्च लिग वानको साथै फ्रेन्च कप र फ्रेन्च लिग कप समेत जिताएका छन् । पीएसजी अघि उनले जर्मनीको बोरुसिया डर्टमण्ड र मैन्जको टिम सम्हालेको थिए । गत महिना टुचेल बर्खास्तीमा परेका थिए ।