default_image

3 years ago

January 27, 2021

चेल्सी र वल्भ्स भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुदा चेल्सीले घरेलु मैदानमा वल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ । नयाँ प्रशिक्षक थोमस टुचेलको चेल्सीका लागि यो पहिलो खेल हुनेछ । उनी मंगलबार राति मात्रै चेल्सीका मुख्य प्रशिक्षक बनेका थिए । खराव लयमा रहेको चेल्सीका लागि […]

34 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुदा चेल्सीले घरेलु मैदानमा वल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ । नयाँ प्रशिक्षक थोमस टुचेलको चेल्सीका लागि यो पहिलो खेल हुनेछ । उनी मंगलबार राति मात्रै चेल्सीका मुख्य प्रशिक्षक बनेका थिए । खराव लयमा रहेको चेल्सीका लागि यो खेल अग्निपरीक्षा हुनेछ ।

वल्भ्सलाई हराउदै चेल्सी अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । चेल्सी १९ खेलबाट २९ अंक जोडेर १०औं स्थानमा रहेको छ । वल्भ्सलाई हराउन सके चेल्सीले सातौ स्थानमा रहेको एभर्टनसँग अंक बराबरी गर्नेछ । एभर्टनले पनि आज राति नै प्रतिस्पर्धा गर्दैछ ।

चेल्सीसँग टिमो वेर्नर, काई हाभर्टज, वेन चिलवेल, ओलिभर जिरुउड, ट्याम्मी अब्राहम, क्रिस्टियन पुलिसिस, मासन माउन्ट, माटियो कोभोसिस, हाकिम जियाच, थियागो सिल्भा, एन्टेनियो रुडिगर, रिस जेम्स र इडुआर्ड मेन्डी रहेका छन् ।

यता, वल्भ्स पनि चेल्सीलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । वल्भ्स २२ अंक जोडेर १४औं स्थानमा रहेको छ । टोलीसँग पेड्रो नेटो, फावियो सिल्भा, एडमा ट्राओरे, रुवेन नेभेस, नेल्सन सेमेडो, रोमेने सइस, कोनर कोडे, विली वोली र गोलरक्षक रुइ प्याट्रिसियोको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो ११ खेलमा चेल्सी ७ खेलमा विजयी भएको छ । ३ खेल वल्भ्सले आफ्नो पक्षमा पार्दा १ खेल बराबरीमा सकिएको छ । गत डिसेम्वरले वल्भ्सले चेल्सीलाई २–१ ले पराजित गरेको थियो । चेल्सी उक्त हारको बदला लिने लक्ष्यमा रहँदा वल्भ्स सोही जितलाई निरन्तरता दिने दाउमा हुनेछ ।

अन्य खेल :

बर्नलेविरुद्ध एस्टन भिल्ला (राति ११ः४५ बजे), ब्राइटनविरुद्ध फुलहम (राति १ः१५ बजे), एभर्टनविरुद्ध लेस्टर सिटी (राति २ः०० बजे) र म्यानचेस्टर युनाइटेडविरुद्ध सेफिल्ड युनाइटेड (राति २ः०० बजे)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.