default_image

3 years ago

January 27, 2021

मेयर कप यसै साता सुरु हुने

सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको दुहबी नगरपालिकाको आयोजनामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता यसै साता सुरु हुने भएको छ । नगरपालिकाका १२ वटा वडाको सहभागिता रहने प्रतियोगिता माघ १७ गते देखि २८ गते सम्म सरस्वती माविको मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।प्रतियोगिताको समूह कमा वडा नं १२, ६, ११, १, ८ र […]

25 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको दुहबी नगरपालिकाको आयोजनामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता यसै साता सुरु हुने भएको छ ।

नगरपालिकाका १२ वटा वडाको सहभागिता रहने प्रतियोगिता माघ १७ गते देखि २८ गते सम्म सरस्वती माविको मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।प्रतियोगिताको समूह कमा वडा नं १२, ६, ११, १, ८ र ७ तथा समूह ख मा वडा नं २, ३, १०, ९, ५ र ४ रहेका छन् ।

दुहबीको एलेभन एरोज क्लबले संयोजन गर्ने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय र दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ७ हजार, सर्वाधिक गोलकर्ताले ६ हजार र विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

एलेभन एरोज क्लबका अध्यक्ष दीपक राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले सहभागी १२ वडाका टोलीलाई २४ थान बल हस्तान्तरण गरेका थिए ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.