default_image

3 years ago

January 27, 2021

रियलका ओडेगार्ड आर्सनलमा अनुबन्धित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्ड लोनमा इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएका छन् । ओडेगार्ड ६ महिनाका लागि लोनमा आर्सनलमा अनुबन्धित भएका हुन् । रियलमा लगातार खेल्ने अवसर कम पाएपनि उनले निरन्तर खेल्नको लागि अर्काे क्लब रोजेका हुन् । यद्दपि पछिल्लो समय प्रशिक्षक जिदानसँगको सम्वन्धका कारण पनि उनले रियल छाडेको बुझिएको […]

40 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्ड लोनमा इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएका छन् ।

ओडेगार्ड ६ महिनाका लागि लोनमा आर्सनलमा अनुबन्धित भएका हुन् । रियलमा लगातार खेल्ने अवसर कम पाएपनि उनले निरन्तर खेल्नको लागि अर्काे क्लब रोजेका हुन् । यद्दपि पछिल्लो समय प्रशिक्षक जिदानसँगको सम्वन्धका कारण पनि उनले रियल छाडेको बुझिएको छ ।

२२ वर्षीय ओडेगार्डले गत सिजन पनि लोनमा स्पेनिस क्लब रियल सोसिडाडमा बिताएका थिए । उच्च प्रदर्शन गरेपछि प्रशिक्षक जिदानले ओडेगार्डलाई टोलीमा फिर्ता बोलाएका थिए । तर, उनले रियलमा पहिलो रोजाईमा खेल्ने अवसर विरलै पाए । उनले रियलबाट यो सिजन ७ खेलमा मात्रै अवसर पाएका थिए ।

ओडेगार्ड १६ वर्षकै उमेरमा रियलमा अनुबन्धित भएका थिए । त्यसपछि उनले हिरेनभिन, भिटेसी र रियस सोसिडाडमा बिताएका थिए । ओडेगार्ड जनवरीमा रियल छाड्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि रियलबाट गत साता मात्रै लुका जोभिक पनि लोनमै जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्ट फर्किएका छन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.