default_image

3 years ago

January 28, 2021

रेलिगेसन जोनको सेफिल्डसँग युनाइटेड स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा रेलिगेसन जोनको पुछारमा रहेको सेफिल्ड युनाइटेडसँग २–१ ले स्तब्ध बनेको छ । घरेलु टोलीलाई स्तब्ध पार्न सेफिल्डका किन ब्रायन र ओलिभर बुर्कीले गोल गरे । युनाइटेडका ह्यारी मिगुएरले गोल गरेपनि हार टार्न सकेन । ओल्डट्राफोर्डमा बुधबार राति भएको खेलमा सेफिल्डले खेलको २४औं मिनेटमा किन ब्रायनको गोलबाट […]

18 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा रेलिगेसन जोनको पुछारमा रहेको सेफिल्ड युनाइटेडसँग २–१ ले स्तब्ध बनेको छ ।

घरेलु टोलीलाई स्तब्ध पार्न सेफिल्डका किन ब्रायन र ओलिभर बुर्कीले गोल गरे । युनाइटेडका ह्यारी मिगुएरले गोल गरेपनि हार टार्न सकेन ।

ओल्डट्राफोर्डमा बुधबार राति भएको खेलमा सेफिल्डले खेलको २४औं मिनेटमा किन ब्रायनको गोलबाट युनाइटेडविरुद्ध अग्रता लिएको थियो । उनले जोन फ्लेकको पासमा गोल गरेका थिए । ६४औं मिनेटमा कप्तान ह्यारी मिगुएरले एलेक्स टेलासको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसको १० मिनेटपछि अर्था ७४औं मिनेटमा ओलिभर बुर्कीले जोन लन्डस्ट्रमको पासमा गोल गर्दै युनाइटेडलाई २–१ ले स्तब्ध पारे । खेलमा पछि परेको युनाइटेडले बल पोसेसनमा बलियो पकड जमाएपनि युनाइटेडको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

यो हारसँगै युनाइटेडले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । युनाइटेडको २० खेलबाट ४० अंक रहेको छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको १९ खेलबाट ४१ अंक छ । सेफिल्ड ८ अंक जोडेर पुछारमा छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.