9 years ago
October 2, 2016
टोटेनह्याम (एजेन्सी) – प्रिमियर लिग थप रोमाञ्चक बन्दै गएको छ । लिगका ७ चरणका खेल सकिदा अधिकांश क्लबले हारको स्वाद चाखिसकेका छन् । यसपटक ६ खेलसम्म पराजय नभोग्ने दुई क्लबमा म्यानचेस्टर सिटी र टोटेनह्याम थिए । तर, अब आइतबारको नतिजापछि एउटा मात्र टोली अपराजित रहेको छ । त्यो हो टोटेनह्याम । घरेलु मैदानमा टोटेनह्यामले सिटीलाई २–० ले हराएको छ । त्योसँगै सिटीको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । सातौं चरण सम्म एउटा खेल पनि नहार्नेमा अब टोनेह्याम एक्लो क्लब बनेको छ ।

सिटीमा पहिलो सिजन विताइरहेका पेप ग्वार्डिओलाको यो पहिलो हार हो । प्रिमियर लिगका अघिल्ला ६ खेलमा जितेका ग्वार्डिओलाले सबै खाले प्रतियोगितामा आइतबारअघि ११ मध्ये १० खेल जितेका थिए । जितसँगै टोटेनह्याम (१७) अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ । १८ अंकसहित सिटी शीर्षस्थानमा यथावत छ ।
आइतबार नै बर्नलीलाई १–० ले हराउँदै आर्सनल अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । समान १६ अंक बटुलेको लिभरपुल चौथो स्थानमा झरेको छ । त्यसअघिका खेलमा म्यानचेस्टर युनाइटेड स्टोक सिटीसँग १–१ को बराबरी खेलेको थियो । त्यस्तै लेस्टर र साउथह्याम्टनले गोलरहित बराबरी खेले ।
एलेकसान्डर कालारोभको आत्मघाती गोलबाट टोटेनह्यामले नवौं मिनेटमा गोलका खाता खोलेको थियो । पहिलो आफका लागि ८ मिनेट बाँकी रहँदा डेले रोनीले टोटेनह्यामको गोलअन्तरलाई दोब्बर पारे । टोलीले दोस्रो हाफमा गोलअन्तर बढाउने अर्को मौका पाएको थियो । तर टोलीका इरिक लामेला पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]