9 years ago
October 2, 2016
हाम्रो खेलकुद – फ्रेन्च लिग १ अन्तर्गत आइतबार भएको निस र लोरियन्च बिचको खेलमा मारियो बालोटेलीले विजयी गोल गरेपछि रातो कार्ड पाएका छन्।

निसको लागि ८६औं मिनेटमा विजयी गोल गरेका मारियोले लगत्तै जर्सी फुकालेर सेलेब्रेशन गरेपछि रेफ्रिले उनलाई पहेंलो कार्ड देखाएका थिए। दोश्रो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा बालोटेलीले विपक्षी खेलाडीसंग भनाभन गरेपछि दोश्रो पहेंलो पाउँदै मैदान छाडेका थिए।
लिभरपुल छाडेर निस आएयता फर्ममा रहेका बालोटेलीले अर्को खेल गुमाउने छन्। हालसम्म अपराजित रहेके निस लिगको शिर्षस्थानमा रहेको छ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]