default_image

3 years ago

February 24, 2021

रियलको भविष्य : एमबाप्पे वा हालान्ड?

एजेन्सी – रियल म्याड्रिड पछिल्लो सरुवा बजारमा केहि हदसम्म मौन नै रह्यो । तर टोली समयमा भने ठूलो नामका खेलाडीलाई भित्राउन चाहन्छ । त्यसमा पनि केलियन एमबाप्पे र इर्लिङ हालान्ड मध्ये एकलाई भित्राउन रियलले प्रयास गर्ने विश्वास लिइएको छ । जोसेप पेडरेरोले रियलले अर्को सिजन एमबाप्पे वा हालान्डलाई भित्राउने सम्भावना रहेको बताए । उनले भने, […]

33 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड पछिल्लो सरुवा बजारमा केहि हदसम्म मौन नै रह्यो । तर टोली समयमा भने ठूलो नामका खेलाडीलाई भित्राउन चाहन्छ । त्यसमा पनि केलियन एमबाप्पे र इर्लिङ हालान्ड मध्ये एकलाई भित्राउन रियलले प्रयास गर्ने विश्वास लिइएको छ ।

जोसेप पेडरेरोले रियलले अर्को सिजन एमबाप्पे वा हालान्डलाई भित्राउने सम्भावना रहेको बताए । उनले भने, ‘रियलको मुख्य लक्ष्य एमबाप्पेलाई भित्राउने हो । यदि लिओनल मेस्सीले बार्सिलोना छाडेर गएको खण्डमा फ्रान्सेली युवा स्टारलाई भित्राउन सकिन्छ । त्यो अवस्थामा पेरिस सेन्ट जर्मेन (पिएसजी) उनलाई विक्री गर्न तयार हुने आशा गरिएको छ।’

तीन ठूला स्टार पारिश्रमिक दिन कठीन हुने भएकाले नै पिएसजीले एमबाप्पेलाई बेच्न सक्ने अनुमान गरिएको छ । मेस्सी, एमबाप्पले र नेयमारलाई एउटै टोलीमा राख्न आर्थिक कारणले कठीन हुने भएकोले त्यो अवस्थामा एमबाप्पेलाई लिन सकिने रियलको विश्वास छ । पेडरेरोका अनुसार रियल एमबाप्पेका लागि १ सय ५० मिलियन युरो भन्दा बढी तिर्ने पक्षमा छैन ।

अहिले नै एमबाप्पेका लागि हतार नगरेको रियल उनलाई अर्को वर्ष पनि कुर्न तयार रहेको विश्वास गरिन्छ । ‘एमबाप्पले पिएसजी छाड्न चाहन्छन् । तर, रियल मेस्सीको भविष्यको बारेमा प्रष्ट हुन चाहन्छ,’ उनले भने, ‘यदि आउने सरुवा बजारमा एमबाप्पे उपलब्ध हुन सकेनन् भने रियलले हालान्डलाई भित्राउन प्रयास गर्नेछ ।’

‘सिजनको अन्त्यमा रियलले प्रभावशाली खेलाडी भित्राउन चाहिरहेको विश्वास गरिन्छ । एमबाप्पे र हालान्डमध्ये एक रियलमा आबद्ध हुने सम्भावना छ’, पेडरेरोले थपे ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.