3 years ago
February 23, 2021
एजेन्सी – टोटेनहमका प्रशिक्षक जासे मोउरिन्होले ग्यारेथ बेललाई प्रिमियर लिगमा आइतबार वेष्ट ह्यामविरुद्धको खेलमा दोस्रो हाफमा मैदान पठाए । त्यो निर्णयले काम पनि गर्यो । बेलको सहयोगमा लुकास मौरोले गोल पनि गरे । तर टोली २–१ ले पराजित भएको थियो । खेलपछि वेल्सका खेलाडीले किन सबै खेलमा सुरुवात गर्न नसक्ने प्रष्ट पारे । गएको साता […]
एजेन्सी – टोटेनहमका प्रशिक्षक जासे मोउरिन्होले ग्यारेथ बेललाई प्रिमियर लिगमा आइतबार वेष्ट ह्यामविरुद्धको खेलमा दोस्रो हाफमा मैदान पठाए । त्यो निर्णयले काम पनि गर्यो । बेलको सहयोगमा लुकास मौरोले गोल पनि गरे । तर टोली २–१ ले पराजित भएको थियो ।
खेलपछि वेल्सका खेलाडीले किन सबै खेलमा सुरुवात गर्न नसक्ने प्रष्ट पारे । गएको साता युरोपा लिगमा बेलले उच्च प्रभावशाली प्रदर्शन गरेका थिए ।
‘उनको क्षमता मलाई थाहा छ । प्रशिक्षकका रुपमा मलाई उनीप्रति विश्वास पनि छ । तर अहिलेको अवस्थाका बारेमा भन्ने ठाँउ छैन,’ उनले भने,’उनी पूरा ९० मिनेट खेल्नका लागि फिट भएपनि पक्कै उनले सुरुवात गर्नेछन् ।’
माउरिन्होको अर्थ बेल पूर्ण रुपमा फिट नभएकै कारण उनलाई पूरा समय खेलाइएको छैन । उनलाई पूर्ण रुपमा फिट बनाउनका लागि प्रयास भइरहेको पनि माउरिन्होले बताए ।
‘उदाहारणका लागि बिहीबारको खेलमा उनले ६० वा ६५ मिनेट खेले । त्यसले उनले आइतबारको खेलमा सुरुवात गर्न सकेनन् ।
‘अहिलेको अवस्थामा उनले पूरा ९० मिनेट हामीलाई दिने अवस्था छैन,’ उनले थपे,‘ तर उनले टोलीमा जुन प्रभाव पारेका छन् त्यसमा म खुसी छु । उनले आफ्नो स्तर अनुसारको प्रदर्शन गरे । यद्दपी उनी केहि मौकामा दुर्भाग्यशाली रहे । ’
April 23, 2024
सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]
April 23, 2024
हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]
April 23, 2024
एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]