एजेन्सी – रियल म्याड्रिड खेलाडीको चोटका कारण कठीन अवस्थामा छ । तर, ती मध्ये ३ खेलाडी भने चोटमुक्त हुने क्रममा रहेको खबरले रियलको टोली पक्कै उत्साहित छ ।

इडेन हाजार्ड, रोड्रिगो र फेडे भाल्भार्डे तीन जनाको तस्बिर हालै ब्राजिललियन र उरुग्वेली खेलाडीले सामाजिक सञ्जालमा राखेका छन् । रोड्रिगोले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘हामी चाँडै फर्कनेछौं ।’
यी तीन खेलाडी चोटबाट मुक्त हुने क्रममा रहेका छन् । यद्दपी यी तीनै खेलाडी यसै साता एट्लान्टाविरुद्ध हुने च्याम्पियन्स लिगको खेलमा उपलब्ध हुने छैनन् ।
खेलाडीकै चोटका कारण कारण प्रशिक्षक जिनेदिन जिदानले आधा दर्जन युवा खेलाडीलाई इटाली भ्रमणका लागि टोलीमा समावेश गरेका छन् ।
ला लिगामा शनिबार जिदानको टोलीले रियल भालोडोलिडमाथि १–० को जित हासिल गर्दै शीर्षस्थानको एट्लेटिको म्याड्रिड माथि दबाब बढाइरहेको छ ।
त्यसै दिन एट्लेटिको लेभान्तेसँग २–० ले पराजित भएको थियो । च्याम्पियन्स लिगमा संघर्षका साथ नकआउट चरणमा पुगेको रियलले पहिलो लेगका लागि इटाली भ्रमणको तयारीमा निस्कन लागेको हो