default_image

3 years ago

February 23, 2021

बेन्जेमा अझै मैदानबाहिर

एजेन्सी – रियल म्याड्रिड यति बेला लयमा छ । ला लिगामा शनिबार रियलले रियल भालाडोलिडलाई १–० ले हराउँदै शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक अन्तरलाई घटाएको थियो । एट्लेटिको सोही दिन लेभान्तेसँग पराजित भएको थियो । रियल लयमा भएपनि टोलीका मुख्य स्ट्राइकर करिम बेन्जेमाले एट्लान्टाविरुद्ध हुने च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग गुमाउने भएका छन् । […]

39 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड यति बेला लयमा छ । ला लिगामा शनिबार रियलले रियल भालाडोलिडलाई १–० ले हराउँदै शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक अन्तरलाई घटाएको थियो । एट्लेटिको सोही दिन लेभान्तेसँग पराजित भएको थियो ।

रियल लयमा भएपनि टोलीका मुख्य स्ट्राइकर करिम बेन्जेमाले एट्लान्टाविरुद्ध हुने च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग गुमाउने भएका छन् । चोटग्रस्त खेलाडीको सुची लामो भएपछि जिनेजिन जिदान पहिलो टोलीका ९ खेलाडी विना इटाली भ्रमणमा निस्कदैछन् ।

जिदानको टोली घरेलु मैदानमा हुने दोस्रो लेगमा आफ्नो पक्षमा नतिजा निकाल्ने लक्ष्यका साथ इटाली पुग्नेछ । बेन्जेमा टोलीका साथमा नहुनु भएको जारी सिजनमा १७ गोल गरिसकेका फरवार्ड टोलीका साथमा रहने छैनन् ।

टोलीका लागि उनले मात्र ३४ प्रतिशत गोल गरेका छन् । रियलका साथमा सर्जियो रामोस, इडन हाजार्ड, फेडे भाल्भार्डे र रोड्रिगो गोस हुने छैनन् । यी सबै खेलाडीले कम्तीमा यो सिजन १ गोल गरेका छन् । अर्को शब्दमा भन्दा यो सिजन समग्रमा २३ गोल गर्ने खेलाडी यसपटक इटाली भ्रमणमा हुने छैनन् ।

एट्लान्टाविरुद्ध घोषित टोलीमा सर्वाधिक गोलकर्ताका रुपमा कासिमेरो रहेका छन् । जसले यो सिजन ६ गोल गरेका छन् । लुका मोड्रिच र भिनिकस जुनियरले समान ३ गोल गरेका छन् । हामीले खेलका लागि राम्रो तयारी गरेका छौं, जिदानले भनेका छन् । बेन्जेमा एट्लान्टाको खेलका लागि तयार नहुनेमा जिदान सचेत थिए ।

यद्दपी छिट्टै मैदान फर्कनका लागि बेन्जेमाले आफ्नो तर्फबाट प्रयास गरेका थिए । तर उनी फर्कने तत्कालका लागि सम्भावना रहेन । भालाडोलिडविरुद्ध निकालेको जस्तै कम्तीमा साँघुरो जितका साथ टोली इटालीबाट फर्कने प्रयासमा हुनेछ ।

रामोस र मारियो डिएजको अनुपस्थितिमा लुकास भाज्क्वेजले आफ्नो नियमित पोजिसन छाडेर खेल्नु परेको थियो । जसलाई टोलीले बेच्ने प्रयास गरेको थियो । बेन्जेमाको अनुपस्थितिमा जिदानले दोस्रो रोजाईका खेलाडीका साथ इस्कोलाई समेटेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.