default_image

3 years ago

February 23, 2021

युभेन्ट्सको जितमा रोनाल्डोको २ गोल

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि युभेन्ट्सले सोमबार इटालियन सिरि ‘ए’मा क्रोटोन ३–० ले हराएको छ । जितसँगै युभेन्ट्स अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । साविक विजेता युभेन्ट्स शीर्षस्थानको इन्टर मिलान भन्दा अझै ८ अंकले पछाडि छ । ३८ औं मिनेट अलेक्स सान्द्रोको क्रसमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफकै इन्जुरी […]

48 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि युभेन्ट्सले सोमबार इटालियन सिरि ‘ए’मा क्रोटोन ३–० ले हराएको छ । जितसँगै युभेन्ट्स अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

साविक विजेता युभेन्ट्स शीर्षस्थानको इन्टर मिलान भन्दा अझै ८ अंकले पछाडि छ । ३८ औं मिनेट अलेक्स सान्द्रोको क्रसमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफकै इन्जुरी समयमा आरोन रामसेको सहयोगमा अर्को गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।

साढे दुई वर्षे सिरि ए यात्रामा रोनाल्डाको त्यो ७० औं गोल हो । युरोपका शीर्ष ५ लिगमा रोनाल्डोले गोल गरेको क्रोटेन ७८ औं क्लब हो । युभेन्ट्सका लागि वेस्टर म्याकिनीले नजिकबाट तेस्रो गोल गरेका थिए ।

सोमबारको २ गोलसँगै १८ गोलका साथ रोनाल्डो जारी सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले मिलानका रोमेलु लुकाकुलाई पछि पारेका छन् । २३ खेलमा इन्टरको ५३, दोस्रो स्थानको एसी मिलानको ४९ अंक छ । एक खेल कम खेलेको युभेन्ट्सको ४५ अंक पुगेको छ । अंक तालिकाको पुछारमा रहेको क्रोटोनको १२ अंक छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.