default_image

3 years ago

February 23, 2021

सिमरा गोल्डकपलाई जीतपुरसिमरा उपमहानगरको साथ

सुनिल गाउँले, सिमरा बाराको सिमरामा एक दशक अघिदेखि संचालन भइरहेको सिमरा गोल्डकपलाई यस बर्षदेखि जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य प्रायोजक सरह सहयोग गर्ने भएको छ । क्लब र उपमहानगरपालिकाबीच बार्षिक २० लाख रुपैयाँ प्रतियोगिताका लागि सहयोग गर्ने सहमति भएको आयोजक नव जनजागृति युवा क्लब सिमराका महासचिव शम्भु ठकुरीले जानकारी दिए । २०६६ बाट सुरु भएको प्रतियोगिताको एघारौं […]

47 views

0 Bookmark

सुनिल गाउँले, सिमरा

बाराको सिमरामा एक दशक अघिदेखि संचालन भइरहेको सिमरा गोल्डकपलाई यस बर्षदेखि जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य प्रायोजक सरह सहयोग गर्ने भएको छ ।

क्लब र उपमहानगरपालिकाबीच बार्षिक २० लाख रुपैयाँ प्रतियोगिताका लागि सहयोग गर्ने सहमति भएको आयोजक नव जनजागृति युवा क्लब सिमराका महासचिव शम्भु ठकुरीले जानकारी दिए ।

२०६६ बाट सुरु भएको प्रतियोगिताको एघारौं संस्करण चैतको अन्तिम सातादेखि गर्ने तयारी क्लबले गरेको छ । कोभिड १९ का गत वर्ष चैतका लागि तय गरिएको प्रतियोगिता स्थगित भएको थियो ।

‘योबर्ष १२ औं संस्करण आयोजना हुनुपर्थ्यो, कोभिड माहामारिले प्रतियोगिताको एक संस्करण आयोजना हुन सकेन,’ क्लबका अध्यक्ष रामचन्द्र लामाले हाम्रो खेलकुदसँग भने,‘ यसपटकको लागि तयारी सुरु गरिसकेको छौं ।’

दशौ संस्करणसम्म जावलाखेल ग्रुप अफ डिष्टिलरिको मुख्य प्रायोजनमा चलेको प्रतियोगिता संचालनका लागि यसबर्षबाट उपमहानगरपालिकाको साथले आयोजकलाई उत्साहित बनाएको छ । ‘गत बर्ष सम्म रुस्लानको प्रायोजन थियो,’ अध्यक्ष लामाले भने,‘ त्यो सम्झौता सकिएपछि आयोजनाको निरन्तरतामा प्रश्न उठेको थियो, उपमहानगरपालिकाले दिएको साथले प्रतियोगिता आयोजक क्लब सहित सिङ्गो सिमराबासीलाई उत्साहित बनाएको छ।’

यो वर्ष पुरस्कारको राशी बृद्धि गर्ने र सहभागी टोलीका विषयमा पनि छलफल अघि बढेको क्लबले जनाएको छ । केहि दिनमा क्लबले औपचारिक कार्यक्रममार्फत प्रतियोगिता आयोजनाको मिति, पुरस्कार राशी र सहभागी टोलीको जानकारी दिइने बताएको छ ।

सिमरा रंगशालामा हुने सो प्रतियोगिताको उपाधि ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल र मनाङ मस्र्याङ्दी क्लबले समान २ पटक जितेका छन् । त्यस्तै अन्य ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब तथा आयोजक क्लब, हेटौडाको विजय युथ क्लब र मजदुर शहिद स्मृति क्लबले समान १ पटक सिमरा गोल्ड कप जितेका छन् ।

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

March 27, 2024

क्रुस चम्कँदा जर्मनीले नेदरल्यान्ड्सलाई हरायो

एजेन्सी – तीन वर्षपछि राष्ट्रिय टोलीका फर्किएका मिडफिल्डर टोनी क्रुसको उच्च प्रदर्शनमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ । जर्मनीले १–० ले पछि परेको स्थितिमा नेदरल्यान्ड्समाथि २–१ को पूनरागमन जित निकालेको हो । फ्रान्कफुर्ट जर्मनीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा म्याक्सिमिलियन मिटलस्टेड र निकलस फुल्करगले गोल गरे । नेदरल्यान्ड्सका जोए भिरमानको […]

Success

Thank you for your time.