default_image

3 years ago

February 24, 2021

जिरुडको सानदार गोलमा एट्लेटिको पराजित

एजेन्सी – फ्रान्सेली फरवार्ड अलिभिएर जिरुडले सानदार गोल गरेपछि इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको छ । जिरुडले खेलको ६८ अौं मिनेटमा अोभरहेड किकमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । रेफ्रीले सुरुवातमा उक्त गोललाई अफसाइड भन्दै मान्यता दिएका थिएनन् । तर […]

41 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड अलिभिएर जिरुडले सानदार गोल गरेपछि इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको छ ।

जिरुडले खेलको ६८ अौं मिनेटमा अोभरहेड किकमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । रेफ्रीले सुरुवातमा उक्त गोललाई अफसाइड भन्दै मान्यता दिएका थिएनन् । तर भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा रिभ्यु गर्दा बल एट्लेटिकोका मारियो हर्मोसोलाई लागेर आएको देखिएपछि गोल मान्य भएको थियो ।

यस जितले चेल्सीका नवनियुक्त प्रशिक्षक थोमस टुचेलको अपराजित यात्रा कायमै रहेको छ । उनी आएयता खेलेको ८ खेलमा चेल्सीले हार बेहोरेको छैन ‌। मंगलबार चेल्सीले एट्लेटिको विरुद्ध सुदृढ प्रदर्शन गर्दै विपक्षी आक्रमण चल्न दिएन । खेल अवधिभर नै लुइस सुआरेजले नेतृत्व गरेको आक्रमणले चेल्सीको गोलरक्षक मेन्डीलाई समस्या दिन सकेन।

कोरोना संक्रमणका कारण स्पेनबाट रोमानियामा सारिएको खेलमा चेल्सीले राम्रो सुरुवात गरेको छ । अवे गोल समेत दर्ता गरेको चेल्सीलाई अब घरेलु मैदानमा बराबरी गरे अर्का चरण पुग्न पर्याप्त हुन्छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.