default_image

3 years ago

February 24, 2021

‘हालान्ड कि एम्बाप्पे?’, क्रुसको उत्तर-‘बेन्जेमा’

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा रियल म्याड्रिडले एटलान्टाको सामना गर्दैछ । खेलको पूर्व सन्ध्यामा रियलका मिडफिल्डर टोनी क्रुस पत्रकार सम्मेलनमा उपस्थित रहेका थिए । क्रुसलाई प्रश्नोत्तरका क्रममा एर्लीङ हालान्ड र किलीयन एमबाप्पेमा को रोज्नुहुन्छ भन्ने प्रश्न गर्दा उनले उत्तर दिए,’ बेन्जेमा ।’ उनले त्यसपछि थपे, ‘ हालान्ड र […]

51 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा रियल म्याड्रिडले एटलान्टाको सामना गर्दैछ । खेलको पूर्व सन्ध्यामा रियलका मिडफिल्डर टोनी क्रुस पत्रकार सम्मेलनमा उपस्थित रहेका थिए ।

क्रुसलाई प्रश्नोत्तरका क्रममा एर्लीङ हालान्ड र किलीयन एमबाप्पेमा को रोज्नुहुन्छ भन्ने प्रश्न गर्दा उनले उत्तर दिए,’ बेन्जेमा ।’ उनले त्यसपछि थपे, ‘ हालान्ड र एमबाप्पे दुवै राम्रो खेलाडी हुन् र जुनसुकै टोलीलाई सहयोग गर्न सक्छन् । समस्या यो छ की भोली दुवै खेलाडी मलाई सहयोग गर्न आउने छैनन् । म आफ्नो खेलमा ध्यान दिइरहेको छु । यो मैले छलफल गर्ने विषय पनि होइन । फ्लोरेन्टिनोले यसबारे बोल्नेछन् ।’

क्रुसले खेलबारे बोल्दै एटलान्टा विरुद्ध खेललाई टोलीले गम्भीर रुपमा लिएको बताए । ‘ यो खेल हाम्रो लागि फाइनलझैं छ । हाम्रो लागि च्याम्पियन्स लिग सिजन अब सुरु हुन्छ । खेल कठिन छ, र चोटका कारण मात्र यो कठिन भएको होइन । एटलान्टा राम्रो टोली हो । हामीले बल पोसेसन राखेर नै खेलमा नियन्त्रण बनाउन सक्छौं,’ उनले भने ।

क्रुसले खेल जित्नका लागि आफूसँगै लुका मोड्रीच र क्यसेमिरोको भूमिका पनि महत्त्वपूर्ण हुने बताए । ‘हाम्रो लक्ष्य मिडफिल्डमा रहेर खेललाई आफ्नो नियन्त्रणमा राख्नु हो । यसले अन्य खेलाडीलाई सहज हुन्छ । सबै पोजिसनका खेलाडीको आ-आफ्नो जिम्मेवारी हुन्छ नै,’ उनले प्रष्ट पारे ।

एक आपसको साझेदारी राम्रो हुनुले पनि मनोबल उच्च रहेको क्रुसले बताए । ‘ हामीले लामो समय सँगै खेलेकाले एक अर्काको पक्ष बुझेका छौं । हामी टोलीको सफलताका लागि खेलिरहेका छौं । कसैले राम्रो भनोस भनेर हामी खेल्ने होइनौं,’ उनले थपे ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.