default_image

3 years ago

February 24, 2021

मोना बुधुक र मुढेबास सेमिफाइनलमा

धनकुटा (हाम्रो खेलकुद)– मोना बुधुक वडा नं ७ र मुढेबास वडा नं २ चौबिसे रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । धनकुटाको राजारातीमा बुधबार भएको खेलमा मुढेबासले बुधबारे वडा नं १ लाई ३–० ले हराएको छ । मेढेबासको जितमा प्रेम मगरले १२ औं तथा प्रकाश मगरले ३५ औं र ७५ औं मिनेटमा गोल गरे । […]

30 views

0 Bookmark

धनकुटा (हाम्रो खेलकुद)– मोना बुधुक वडा नं ७ र मुढेबास वडा नं २ चौबिसे रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

धनकुटाको राजारातीमा बुधबार भएको खेलमा मुढेबासले बुधबारे वडा नं १ लाई ३–० ले हराएको छ । मेढेबासको जितमा प्रेम मगरले १२ औं तथा प्रकाश मगरले ३५ औं र ७५ औं मिनेटमा गोल गरे ।

त्यसअघि उद्घाटन खेलमा मोना बुधुकले कुरुले वडा नं ३ लाई ३–१ ले हराएको थियो । २४ औं मिनटमा अनिल तामाङको गोलबाट अग्रता लिएको मोना बुधुकविरुद्ध सपन याख्याले ५३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

तर मौसम लिम्बुले ५९ औं मिनेटमा गोल गर्दै मोना बुधुकलाई पुनः अग्रता दिलाए । अंकित लिम्बुले ७४ औं मिनेटमा गोल गर्दै टोलीको जित निश्चित गरे ।

पहिलो खेलमा मोना बुधुकका मौसम लिम्बु र दोस्रो खेलमा मुढेबासका प्रकाश मगर म्यान अफ दी म्याच घोषित भएका थिए । दुवैले समान १ हजार ५ सय रुपैयाँ प्राप्त गरे । दुवै खेलका म्याद अफ दी म्याचलाई प्रदेश १ का सांसद विनादेवी राईले पुरस्कृत गरिन् ।

प्रतियोगितामा बिहीबार पनि २ खेल हुनेछन् । पहिलो खेलमा राजारानी वडा नं ६ र कुरुले वडा नं ४ तथा बोधे वडा नं ५ र बसन्तटार वडा नं ८ बीच प्रतिस्पर्धा हुनेछ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.