default_image

3 years ago

February 24, 2021

चितवन भेट्रान्स कप – २ खेलको निर्णय टाइब्रेकरबाट

चितवन (हाम्रो खेलकुद) – चितवनमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण चितवन भेट्रान्स कप फुटबलमा बुधबार २ खेलको निर्णय टाइब्रेकरबाट भएको छ । अर्को खेलको निर्णय टाइब्रेकरबाट हुने भएपनि निर्णय भने बिहीबार मात्र निस्कने भएको छ । पहिलो खेलमा कैलाली भेट्रान्सले नवलपुर भेट्रान्सलाई टाइब्रेकरमा ५–३ ले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । […]

33 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – चितवनमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण चितवन भेट्रान्स कप फुटबलमा बुधबार २ खेलको निर्णय टाइब्रेकरबाट भएको छ । अर्को खेलको निर्णय टाइब्रेकरबाट हुने भएपनि निर्णय भने बिहीबार मात्र निस्कने भएको छ ।

पहिलो खेलमा कैलाली भेट्रान्सले नवलपुर भेट्रान्सलाई टाइब्रेकरमा ५–३ ले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । चौथो मिनेटमा नवराज बस्नेतको गोलमा नवलपुरले अग्रता लिएको थियो । तर अग्रता लामो समय टिकेन । नवौं मिनेटमा किशोर नेपालीले बराबरी गोल फर्र्काए ।

१८ औं मिनेटमा मनु गौतमले गोल गर्दै कैलाली २–१ ले अघि बढाए । दोस्रो हाफको १७ औं मिनेटमा हरि महतोले गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याए । कैलाली क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलका लागि कैलालीले घरेलु टोली चितवन भेट्रान्स रातोको सामना गर्नेछ । यसअघि उद्घाटन खेलमा जनकपुरमाथि १०–० को जितका साथ चितवन रातो अन्तिम ८ मा पुगेको थियो ।


बुधबार दोस्रो खेलमा चितवन भेट्रान्स निलोले सिमरा भेट्रान्सलाई ५–४ ले पराजित ग¥यो । चितवनका गोलरक्षक बिष्णु दराईले सिमराको अन्तिम प्रहार रोकेपछि चितवन विजयी भएको हो । त्यसअघि निर्धारित समयको गोलरहित बराबरीमा सकिएको थियो ।

चितवन निलोले अब सेमिफाइनल प्रवेशका लागि बुटवल भेट्रान्सको सामना गर्नेछ । तेस्रो खेलमा कालभैरव हेटौंडाको प्राविधिक कारण सहभागी नभएपछि बुटवल वाकओभर पाउदै क्वाटरफाइनलमा पुगेको छ ।

बुधबारको अर्को खेलमा भारतको देहरादुन भेट्रान्स र भनिमण्डल भेट्रान्स ललितपुरबीचको खेल टाइब्रेकरमा पुगेको अवस्थामा साँझ परेपछि बिहीबारका लागि खेल सारिएको छ । आयोजक र दुई टोलीका खेलाडीको छलफलपछि खेल भोलीलाई सार्ने निर्णय भएको बताएको छ ।

दुवै टोलीले ३–३ पेनाल्टी प्रहार गरिसकेको अवस्थामा खेल स्थगित भएको प्रतियोगिता संयोजक वरुण बस्नेतले जानकारी दिए । बिहीबार पहिलो खेल अघि बुधबार स्थगित खेलको टाइब्रेकर गराइनेछ ।

चितवन भेट्रान्स क्लबले आयोजना सुरु भएको प्रतियोगिता फागुन १४ गते सम्म चल्ने । १४ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १ लाख ५१ हजार र दोस्रो टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.