default_image

3 years ago

February 25, 2021

रियलको महत्त्वपूर्ण जित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले एटलान्टामाथि १-० को जित दर्ता गरेको छ । एटलान्टाको मैदानमा रियलका फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले ८६ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । उनले लुका मोड्रिचको पासमा गोेल गरेका थिए । फरवार्ड करीम बेन्जेमाविना उत्रिएको रियलले गोल गर्ने अवसर सिर्जना […]

41 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले एटलान्टामाथि १-० को जित दर्ता गरेको छ ।

एटलान्टाको मैदानमा रियलका फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले ८६ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । उनले लुका मोड्रिचको पासमा गोेल गरेका थिए । फरवार्ड करीम बेन्जेमाविना उत्रिएको रियलले गोल गर्ने अवसर सिर्जना गरेपनि फिनिसिङमा चुकेको थियो । एटलान्टाले भने आक्रमणमा कमजोर प्रदर्शन गर्यो ।

त्यसअघि खेलको १७ अौं मिनेटमा मेन्डीलाई नै गोल गर्ने अवसरमा अघि बढ्दा लडाएपछि एटलान्टाका रेने फ्रुएलरले रातो कार्ड पाएका थिए । १० खेलाडीमा सिमित भएपछि एटलान्टा खेल अवधिभर दवावमा रहेको थियो ।

घरेलु मैदानमा अन्तिम समयमा गोल खाएपछि अब एटलान्टालाई अर्को चरणमा पुग्न कठिन चुनौतीको सामना गर्नुपर्ने हुन्छ । रियलले अब दोस्रो लेगमा बराबर खेलेपनि क्वाटरफाइनलको यात्रा तय गर्नेछ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.