default_image

3 years ago

February 25, 2021

बार्सिलोनाको जितमा मेस्सी नायक

एजेन्सी – कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रदर्शनका साथै दुई गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले एल्चेलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफमा प्रशिक्षक रोनाल्ड कोम्यानले आक्रमक रणनीति लिदै मिरालेम प्यानिचको स्थानमा अस्मान डेम्बेलेलाई मैदान पठाए । नतिजा बार्सिलोनाले […]

52 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रदर्शनका साथै दुई गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले एल्चेलाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफमा प्रशिक्षक रोनाल्ड कोम्यानले आक्रमक रणनीति लिदै मिरालेम प्यानिचको स्थानमा अस्मान डेम्बेलेलाई मैदान पठाए । नतिजा बार्सिलोनाले तेस्रो मिनेटमा नै अग्रता बनायो ।

मार्टिन ब्रेथवेटको ब्याकहिलमा कप्तान मेस्सीले गोल गर्दै खाता खोले । ६८ अौं मिनेटमा फ्रेन्की डे जोङले बनाएको दर्शनीय मुभलाई मेस्सीेेले फिनिस गर्दै अग्रता दोब्बर पारे ‌। त्यसको ५ मिनेट नबित्दै ब्रेथवेटकै हेडरबाट आएको बललाई जोर्डी अल्बाले गोलमा परिणत गरे ।

मेस्सीले यस खेलका दुई गोलसँगै लिगमा १८ गोल पुर्याएका छन् । उनी लिगको सर्वाधिक गोलकर्ता समेत बनेका छन् । दोस्रो स्थानमा एट्लेटिको म्याड्रिडका लुइस सुआरेजको १६ गोल छ ।

यस जितसँगै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ‌। टोलीको २४ खेलमा ५० अंक छ भने सेभिल्ला २३ खेलमा ४८ अंकसहित चौथोमा छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिड २३ खेलमा ५५ तथा रियल २४ खेलमा ५२ अंकसहित दोस्रो स्थानमा छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.