काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा बिहीबार डिभाइन ब्वाइज युनियन क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ । इन्जुरी समयमा २ गोल गर्दै विनोद राईले ह्याट्रिक पूरा गरेपछि ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० ले हराएको छ ।

पहिलो खेलमा आरसिटीले नयाँ बस्ती युवा क्लबले ४–२ ले हराएको थियो । अजित गुरुङले छैटौं मिनेटमा गोल गर्दै आरसिटीलाई अघि बढाएका थिए । १९ औं मिनेटमा नयाँ बस्तीका गणेश हमालले बराबरी गोल फर्काए ।
सचु गुरुङले ५० औं मिनेटमा गोल गरेपछि नयाँ बस्तीले अग्रता लिएको थियो । ६७ औं मिनेटमा सुरेन खवासले बराबरी गोल फर्काए । ८३ औं मिनेटमा विश्व थापा र अजितले ८५ औं मिनेटमा गोल गरेपछि आरसिटी विजयी भएको थियो । आरसिटीका अजित म्यान अफ दी म्याच घोषित भएका थिए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा टंकबहादुर स्याङ्तानको गोलबाट ब्वाइज युनियनले अग्रता लिएको थियो । टोलीका लागि विनोदले ६४ औं मिनेटमा दोस्रो गोल गरे । इन्जुरी समयमा २ गोल थप्दै विनोदले ह्याट्रिक पूरा गरेका थिए । उनले इन्जुरी समयको दोस्रो मिनेटमा दोस्रो र चौथो मिनेटमा गोल गरेका थिए । व्याइजु युनियनका सचिन श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।