default_image

3 years ago

February 26, 2021

हालान्डमाथि १० क्लबको चासो

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्नको लागि युरोपका १० ठुला क्लबले चासो देखाएका छन् । डेली मेलका अनुसार हालान्ड अनुबन्धको लागि स्पेनिस क्लब रियल म्याड्रिडसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि चासो देखाएको हो । डर्टमुन्डमा हालान्डको सम्झौता २०२४ सम्म रहेको छ । उनको अहिलेको रिलिज क्लज […]

45 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्नको लागि युरोपका १० ठुला क्लबले चासो देखाएका छन् ।

डेली मेलका अनुसार हालान्ड अनुबन्धको लागि स्पेनिस क्लब रियल म्याड्रिडसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि चासो देखाएको हो । डर्टमुन्डमा हालान्डको सम्झौता २०२४ सम्म रहेको छ । उनको अहिलेको रिलिज क्लज ८७ मिलियन पाउन्ड रहेको छ ।

२० वर्षीय हालान्डका एजेन्ट मिना रायोलाले पनि हालान्ड अनुबन्धको लागि १० क्लबले चासो देखाएको बताएका छन् । हालान्डले यो सिजन सबै खेलमा गरी २७ गोल गरिसकेका छन् ।

विशेषगरी हालान्डको लागि अर्काे समरमा रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडले मोटो रकम खर्चले आँकलन गरिएको छ । हालान्ड गत जनवरीमा रेडबुल साल्जवर्गबाट डर्टमुन्ड पुगेपछि चर्चाको शिखरमा पुगेका थिए ।

इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप र चेल्सीका प्रशिक्षक थोमस टुचेलले पनि हालान्ड अनुबन्धको लागि चासो देखाएका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नेयमार र एमबाप्पेको जोडीको लागि हालान्ड अनुबन्धको दौडमा छ ।

इटालियन क्लब युभेन्टस र इन्टर मिलानसँगै जर्मन क्लब बायर्न म्युनिख पनि हालान्ड अनुबन्ध गर्ने दौडमा उभिएको छ । बायर्न म्युनिखले रोबर्ट लेवान्डोस्कीको विकल्पको रुपमा हालान्डलाई लामो समय अनुबन्ध गर्ने दौडमा छ ।

रिपोर्ट अनुसार बोरुसिया डर्टमुन्ड अर्काे सिजनमा च्याम्पियन्स लिगमा छनोट नभएको अवस्थामा हालान्डले क्लब छाड्न सक्नेछन् । डर्टमुन्ड यो सिजन लिगको छैटौं स्थानमा छ । डर्टमुन्ड चौथो स्थानको आइनट्राक्ट फ्रान्कफर्ट भन्दा ६ अंकले पछि छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.