default_image

3 years ago

February 26, 2021

च्याम्पियन्स लिगमा पाहुनाको दबदबा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वाटरफाइनल चरणको पहिलो लेगको खेल सम्पन्न भएको छ । युरोपको क्लब फुटबलको शीर्ष प्रतियोगितामा यसपटक पहिलो लेगको नतिजाले भने धेरैलाई अचम्म पारेको छ । राउन्ड अफ १६ को पहिलो लेगको ८ खेलमध्य एक घरेलु टोलीले मात्र जित दर्ता गर्न सफल रहयो । पोर्चुगिज क्लब एफसी पोर्टोले इटालियन च्याम्पियन […]

46 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वाटरफाइनल चरणको पहिलो लेगको खेल सम्पन्न भएको छ । युरोपको क्लब फुटबलको शीर्ष प्रतियोगितामा यसपटक पहिलो लेगको नतिजाले भने धेरैलाई अचम्म पारेको छ ।

राउन्ड अफ १६ को पहिलो लेगको ८ खेलमध्य एक घरेलु टोलीले मात्र जित दर्ता गर्न सफल रहयो । पोर्चुगिज क्लब एफसी पोर्टोले इटालियन च्याम्पियन युभेन्टसलाई २-१ ले पराजित गर्न सफल रहयो । यसबाहेक सबै खेलमा पाहुना टोलीले जित दर्ता गरे । विशेषगरी पेरिस सेन्ट जर्मेनले बार्सिलोनाको मैदानमा ४-१ को जितले विश्व फुटबललाई तरंगित भयो ।

अघिल्लो सिजनमा ४ घरेलु टोलीले खेल जित्दा १ बराबर र ३ अवे टोलीले खेल जितेका थिए । त्यसअघि ३ घरेलु टोली र ३ अवे टोलीले जित निकाल्दा २ खेल बराबरीमा सकिएको थियो । २०१६-१७ सिजनमा ६ घरेलु टोलीले जित्दा २ अवे टोलीले मात्र खेल जितेका थिए ।

त्यसअघि सन् २०१३-१४ सिजनमा पनि १ होम टिमले मात्र खेल जितेका थिए । तर त्यसबेला १ बराबरी तथा ६ अवे टोलीले जित दर्ता गरेको थिए । यस किसिमको नतिजाको मुख्य कारण भने घरेलु दर्शकको अनुपस्थितिलाई जोडेर हेरिएको छ । एटलेटिको म्याड्रिड, आरबी लाइप्जिग र लाजियोको मैदानमा दर्शक नहुँदा खेलमा असर परेको आँकलन गरिएको छ ।

पहिलो लेगको नतिजा :

एटलान्टा ०-१ रियल म्याड्रिड

एटलेटिको म्याड्रिड ०-१ चेल्सी

बार्सिलोना १-४ पिएसजी

आरबी लाइप्जिग ०-२ लिभरपुल

लाजियो १-४ बायर्न म्युनिख

बोरुसिया मोन्चेनग्लाडबाक ०-२ म्यान्चेस्टर सिटी

एफसी पोर्टो २-१ युभेन्टस

सेभिल्ला २-३ बोरुसिया डर्टमुन्ड

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.