default_image

3 years ago

February 26, 2021

बेन्जेमाले ‘म्याड्रिड डर्वी’ खेल्ने सम्भावना!

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमा शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा फिट हुने देखिएको छ । फरवार्ड बेन्जेमा चोटका कारण पछिल्लो दुई खेलमा उपस्थित छैनन् । उनले ला लिगामा रियल भालाडोलिड र च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगको एटलान्टाविरुद्धको खेलमा अनुपस्थित थिए । रियलले आफ्ना फरवार्ड बेन्जेमा म्याड्रिड डर्वीको खेलको लागि तयार […]

42 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमा शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा फिट हुने देखिएको छ ।

फरवार्ड बेन्जेमा चोटका कारण पछिल्लो दुई खेलमा उपस्थित छैनन् । उनले ला लिगामा रियल भालाडोलिड र च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगको एटलान्टाविरुद्धको खेलमा अनुपस्थित थिए ।

रियलले आफ्ना फरवार्ड बेन्जेमा म्याड्रिड डर्वीको खेलको लागि तयार भइसक्ने विश्वास लिएको छ । म्याड्रिड डर्वी ७ मार्चमा एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा वान्डा मेट्रोपोलिटानोमा हुनेछ ।

एट्लेटिकोविरुद्धको खेलअघि रियल सोसिडाडविरुद्धको खेलमा भने बेन्जेमा फिट हुनेमा शंका रहेको छ । रियल प्रशिक्षक जिनेदिन जिदानले पनि बेन्जेमाको विषयमा कुनै खतरा नमोल्ने बताएका छन् ।

उनी टोलीका लागि पहिलो रोजाईमा नै रहनेछन् । उनी यो सिजन रियलको शीर्ष गोलकर्ता हुन् । उनले यो सिजन १७ गोल गरिसकेका छन् । क्यासमिरोले ६ गोल गरेका छन् ।

बेन्जेमाको अनुपस्थितिमा रियलले मार्काे एसेन्सियो र भिनिसियस जुनियरलाई अग्रपङ्तिमा खेलाइरहेको छ । तर, यि दुई फरवार्डले पछिल्ला खेलमा गोल गर्न सकेका छन् । एसेन्सियोले पछिल्लो ३० खेलमा २ गोल गर्दा भिनिसियस जुनियरले अक्टोवर २१ देखि गोल गर्न सकेका छैनन् ।

मारियानो डियाजले कमै अवसर पाउँदा चोटका कारण इडेन हाजार्ड र रोड्रिगो गोएस चोटका कारण बाहिर छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.