default_image

3 years ago

February 26, 2021

सातदोबाटो शीर्षस्थानमा, मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लबले ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा सातादोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भ्ुवन बस्नेतले गोल गरे । सविन केसी र आदिल हामदिको गोल सान्त्वना बन्यो ।खेलको ११औं मिनेटमा दोर्जे तामाङको गोलबाट सातदोबाटोले खेलमा […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लबले ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।

एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा सातादोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भ्ुवन बस्नेतले गोल गरे । सविन केसी र आदिल हामदिको गोल सान्त्वना बन्यो ।
खेलको ११औं मिनेटमा दोर्जे तामाङको गोलबाट सातदोबाटोले खेलमा अग्रता लिउको थियो ।

२६औं मिनेटमा खुमलटार्का कप्तान सविन केसीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४८औं मिनेटमा आदिल हामिदले गोल गर्दै खुमलटारलाई खेलमा २–१ ले अघि बढाए । ६१औं मिनेटमा सब्सिच्युट आशिष राईले गोल गर्दै खेललाई २–२ गोलको अवस्थामा ल्याए । आशिष ४६औं मिनेटमा आकाश राईका स्थानमा मैदान प्रवेश गरेका थिए । ७४औं मिनेटमा भुवन बस्नेतले गोल गर्दै सातदोबाटोलाई ३–२ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा सातदोबाटोले जित दर्ता गर्न सफल भयो ।

यो जितसँगै सातदोबाटोले ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । पराजित खुमलटार १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

लिगकै दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसनले लिगमा पहिलो जित दर्ता गर्दा टुसाल युवा क्लबलाई २–० ले पराजित गरेको छ । मध्यपुरको जितमा धिरज श्रेष्ठ र कैलाश लामिछानेले गोल गरे । खेलको २३औं मिनेटमा धिरज श्रेष्ठको गोलबाट मध्यपुरले अग्रता लिएको थियो ।

६०औं मिनेटमा कैलाश लामिछानेले गोल गर्दै मध्यपुरको जित पक्का गरे । जितसँगै मध्यपुर ७ खेलबाट ४ अंक जोडेर ११औं स्थानमा रहेको छ । पराजित टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.