default_image

3 years ago

February 26, 2021

सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग

पोखरा (हाम्रो खेलकुद) – लुम्बिनी विकास बैंकले सहारा क्लबले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ । एकेडेमीमा रहेका २४ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले सहयोग गरेको हो । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल ले सहारा क्लबका अध्यक्ष केशव थापालाई शुक्रबार हस्तान्तरण गरेका छन् । […]

54 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – लुम्बिनी विकास बैंकले सहारा क्लबले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ । एकेडेमीमा रहेका २४ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले सहयोग गरेको हो ।

बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल ले सहारा क्लबका अध्यक्ष केशव थापालाई शुक्रबार हस्तान्तरण गरेका छन् । सो अवसरमा बैंकका मुख्य प्रबन्धक दिपक खनाल, प्रमुख सञ्चालक सुकदेव पहारी, पोखरा रामबजार शाखाका प्रवन्धक बालकृष्ण बन, न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, लेखसाइड शाखा शाखा प्रबन्धक महेन्द्रकुमार श्रेष्ठ लगाएतको पनि उपस्थिति थियो ।

बैंकको सामाजिक उत्तरदाइत्व अन्तरगत एकेडेमीलाई सहयोग गरेको बैंकका सञ्चालक रामचन्द्र सिग्देलले जानकारी दिए । ‘बैंकले सहारा क्लबलाई तीन वर्ष देखि सहयोग गर्दै आएको छ,’ सिग्देलले भने ‘यसले फुटलब विकासमा टेवा पुग्ने विश्वास लिएका छौं ।’

उनले बैंकले सामाजिक उत्तरदायीत्व अन्तरगत अन्य ठाउँमा पनि सहयोग गर्दै आएको बताए । ‘आमा बाबु नभएको बालकलाई अभिभावकत्व दिनु सहज छैन, उनले भने–‘क्लबले पुण्य काम गरेको छ । त्यसमा केही टेवा होस् भनेर सहयोग गर्दै आएका छौ ।’

क्लबका अध्यक्ष थापाले मनकारीकै मायाले एकेडेमी चलेको भन्दै बैंकको सहयोगले एकेडेमी सञ्चालन गर्न सहयोग पुग्ने बताए । क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले बैंकले आहा रारा गोल्डकपलाई लामो समयदेखि बैंकिङ पार्टनरका रुपमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि निरतरता पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहारा क्लबका सचिब सुनिल रानामगर, पूर्व कार्यसमिति सदस्य राजकुमार गुरुङ, रविन श्रेष्ठ र प्रकाश रानाले सहारा फुटबल एकेडेमिका बारेमा जानकारी दिएका थिए । क्लबले २०६१ सालदेखि एकेडेमी निरन्तर एकेडेमी सञ्चालन गरिरहेको छ । हाल एकेडेमीमा देशका विभिन्न १४ जिल्लाका २४ जना कठिन परिस्थितीका बालकहरु आश्रित छन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.