एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदा क्याटलान क्लब बार्सिलोना सेभिया भ्रमणमा निस्कदैछ । खेल रमन सान्चेज पिजुवान स्टेडियममा नेपाली समयअनुसार राति ९ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा सेभिया बार्सिलोनालाई हराउदै तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ । सेभिया २३ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा रहेको छ । बार्सिलोनालाई हराउन सके सेभियाले बार्सिलोनालाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लनेछ ।
टोलीसँग युसेफ इन न्यास्री, एलेसान्द्रो गोमेज, मुनिर इल हाड्डाडी, इभान राकिटिच, फर्नान्डो, जोआन जोर्डन, डिएगो कार्लाेस, जुलेस कुन्डे, जेसस नाभास र गोलरक्षक यासिर बोनोउको साथ रहेको छ ।
यता, बार्सिलोना पनि सेभियालाई हराउँदै कम्तीमा एक दिनको लागि दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । सेभियालाई हराउन सके बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ । बार्सिलोनाको २४ खेलबाट ५० अंक रहेको छ । रियलको ५२ अंक छ ।
बार्सिलोनासँग कप्तान लियोनेल मेस्सी, एन्टोइन ग्रिजमन, पेड्री, फ्रान्क डि जोङ, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्वा, क्लेमेन्ट लेङलेट्, जेराड पिके, सर्जिनो डेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगनको साथ रहेको छ ।
यि दुई टोलीबीचको पछिल्लो ३२ खेलको नजितामा बार्सिलोना हावी देखिएपनि पछिल्लो तीन खेलमा बार्सिलोनाले सेभियालाई हराउन सकेको छैन । ११ फेब्रुअरीमा कोपा डेल रेका बार्सिलोना सेभियासँग २–० ले पराजित भएको थियो । त्यसअघिको दुई भेटमा १–१ गोलको तथा गोलरहित बराबरीको नतिजा छ ।
अन्य खेल :
एइवरविरुद्ध हुएस्का (साँझ ६ः४५ बजे)
एलाभेसविरुद्ध ओसासुना (राति ११ः१५ बजे)
गेटाफेविरुद्ध भ्यालेन्सिया (राति १ः४५ बजे)