default_image

3 years ago

February 27, 2021

म्यानचेस्टर सिटीलाई वेस्ट ह्यामको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले आज राति घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति ६ः१५ बजे इतिहाद स्टेडियममा हुनेछ । घरेलु मैदानमा हुने खेलमा वेस्ट ह्यामलाई हराउदै सिटी अंक तालिका थप मजबुत बनाउँदै उपाधि यात्रालाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ । २५ राउन्डको खेल सकिदा सिटीले […]

26 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले आज राति घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार राति ६ः१५ बजे इतिहाद स्टेडियममा हुनेछ । घरेलु मैदानमा हुने खेलमा वेस्ट ह्यामलाई हराउदै सिटी अंक तालिका थप मजबुत बनाउँदै उपाधि यात्रालाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ ।

२५ राउन्डको खेल सकिदा सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १० अंकले पछि पारिसकेको छ । वेस्ट ह्यामलाई हराउन सकेन सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाउनेछ ।

पछिल्लो २६ खेलसम्म अपराजित रहेको टोलीसँग रहिम स्टर्लिङ, रियाद महारेज, केभिन डि ब्रुयन, इल्केए गुन्डोगान, गाब्रियल जेसस, रोड्री, बर्नाडो सिल्भा, रुवेन डियास र गोलरक्षक इडर्सन मोराएसको साथ रहेको छ ।

सिटी २१ नोभेम्वरमा टोटेनहम हस्टपरसँग २–० ले पराजित भएयताको २६ खेलमा अपराजित छ । जसमा २३ जित र ३ बराबरीको नतिजा छ ।

यता, वेस्ट ह्याम पनि अपराजित रहेको सिटीलाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । यो सिजन लयमा रहेको वेस्ट ह्याम २५ खेलबाट ४५ अंक जोडेर चौथो स्थानमा रहेको छ । टोलीसँग जेसे लिङ्गार्ड, मिचेल एन्टेनियो, जारोड बोवेन, डिकलान राइस, थोमस सोउसेक, आरोन क्रेसवेल, क्राइग डावासन, इसा डिओप र गोलरक्षक लुकास्ज फावियान्स्कीको साथ रहेको छ ।

यि दुई टोलीको २४ खेलको नतिजामा सिटी १९ खेलमा विजयी हुदा २ खेल वेस्ट ह्यामले आफ्नो पक्षमा पार्दा ३ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

अन्य खेल :

वेस्ट ब्रमविरुद्ध ब्राइटन (राति ८ः४५ बजे)

लिड्सविरुद्ध एस्टन भिल्ला (राति ११ः१५ बजे)

न्युक्यासलविरुद्ध वल्भ्स (राति १ः४५ बजे)

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.