default_image

3 years ago

February 27, 2021

आहा गोल्डकपका लागि बेलायतबाट आकर्षक ट्रफी आउने

पोखरा (हाम्रो खेलकुद) – विगतका संस्करणझैं आहा! रारा गोल्ड कप को १९ औं संस्करणमा पनि बेलायतबाट विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरीने ट्रफी आउने भएको छ । १० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगिताका उत्कृष्ट खेलाडी लगायत उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाईस्कोरर, अनुशासित टोली, […]

35 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विगतका संस्करणझैं आहा! रारा गोल्ड कप को १९ औं संस्करणमा पनि बेलायतबाट विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरीने ट्रफी आउने भएको छ ।

१० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगिताका उत्कृष्ट खेलाडी लगायत उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाईस्कोरर, अनुशासित टोली, उत्कृष्ट प्रशिक्षकलाई प्रदान गरिने आकर्षक ट्रफी आउने भएको सहारा क्लवले जनाएको छ । सहारा यूकेको सहयोगमा उक्त ट्रफी प्राप्त हुने भएको हो ।

त्यसै गरी विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रदान गरिने मेडल समेत वेलायतबाट ल्याइने भएको हो । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले प्राप्त गर्ने उक्त ट्रफीको महत्त्व थप बढेको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए ।

पोखरामा आउँदो चैत १७ गते देखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । प्रतियोगिता पोखरा रंगशालामा २०७७ चैत २८ गतेसम्म हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.