default_image

3 years ago

February 27, 2021

श्री भगवती र पुल्चोकको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब टोखा र पुल्चोक स्पोर्ट्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर चुकाएपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो । प्रतिस्पर्धात्मक खेलको १३औं मिनेटमा मोहन बहादुर थापामगरको हेडर पोलमा लागेर फर्कदा […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब टोखा र पुल्चोक स्पोर्ट्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर चुकाएपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

प्रतिस्पर्धात्मक खेलको १३औं मिनेटमा मोहन बहादुर थापामगरको हेडर पोलमा लागेर फर्कदा श्री भगवती अग्रता लिनबाट चुक्यो । ३५औं मिनेटमा शेरव लो तामाङको चिप प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

४८औं मिनेटमा आरोन थापाको प्रहार पोस्टमा लागेर फर्कदा श्री भगवती अग्रता लिनबाट चुक्यो । ५३औं मिनेटमा एलान थापाको प्रहार गोलरक्षक श्रीजन श्रेष्ठले सहजै बचाए । ५६औं मिनेटमा जितेश गुरुङको प्रहार क्रसबारबाट थोरै बाहिरिदा श्री भगवतीले अग्रता लिन सकेन ।

७०औं मिनेटमा डोना थापाको पेनाल्टी बक्स बाहिरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ७१औं मिनेटा मोहन बहादुर थापामगरले गोलरक्षकलाई बिट गर्दै गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा श्री भगवतीले अग्रता लिन सकेन ।

८९औं मिनेटमा श्री भगवतीका निरज थापामगर र मोहन बहादुर थापामगरको प्रहारलाई डिफेन्डर राम बहादुर तामाङ र लक्षुमन तामाङले गोल लाइनबाट क्लियर गरिदिदा श्री भगवती जितबाट वञ्चित बन्यो ।

बराबरीपछि श्री भगवती ७ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.