default_image

3 years ago

February 27, 2021

बाँसबारी र श्री कुमारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अराउन्ड दि हिमालय बाँसबारी र श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा बासँबारी र श्री कुमारीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा अमृत गुरुङको चलाखीपुर्ण पासमा भिष्मराज घिमिरेको चिप प्रहार पोस्ट नजिकैबाट बाहिरिदा […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अराउन्ड दि हिमालय बाँसबारी र श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा बासँबारी र श्री कुमारीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा अमृत गुरुङको चलाखीपुर्ण पासमा भिष्मराज घिमिरेको चिप प्रहार पोस्ट नजिकैबाट बाहिरिदा अराउन्ड दि हिमालय बाँसबारी अग्रता लिनबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुजन रानाको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहारलाई बाँसबारीका गोलरक्षक रोशन नेपालले मुस्किलले बचाए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सन्तोष कुमार सिंहको हेडरलाई बाँसबारीका गोलरक्षक रोशन नेपालले उत्कृष्ट बचाउ गर्दा श्री कुमारीले अग्रता लिन सकेन । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा आशिष राईको प्रहारलाई गोलरक्षक रोशन नेपालले बचाउदै बाँसबारीलाई हारबाट जोगाए ।

बराबरीपछि बाँसबारीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानमा रहेको बाँसबारीको ७ खेलबाट १५ अंक छ । श्री कुमारी ७ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

लिगमा आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा ब्वाइज युनियन र नयाँबस्ती युथ क्लब तथा दोस्रो खेलमा झम्सिखेल युथ क्लब र खुमलटार युथ क्लबबीच खेल हुनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.